सल्यानी युवकको जाजरकोटमा भीरबाट लडेर मृत्यु


भदौ १२, जाजरकोट । भेरी नगरपालिका–३ लभ रोडको भीरवाट खसेर एक सल्यानी कामदार मृत्यु अबस्थामा भेटिएका छन् ।

भीरबाट खसेर रोडवाट झण्डै सय मिटर तल खसेर मृत अबस्थामा सल्यानी कामदारको लास फेला परेको हो । दुई बर्ष पहिलेदेखि जाजरकोटको खलंगामा ट्रक तथा गाडी लोड, अनलोड गर्दै आएका सल्यानी कामदारको घर सल्यानको भल्चौर रहेको बुझिएको छ ।

उनको बास्तवीक नाम भने, कसैलाई जानकारी नभएको बुझिएको छ । उनीसंगै ट्रक तथा गाडी लोड, अनलोड गर्दै आएका अन्य मजदुरहरुले उनको नाम नरबहादुर बोहरा रहेको बताएका छन् ।

लभ रोडको भीरवाट खसेर सय मिटर तल पुगेका सल्यानीको लास बाख्रा चराउन जंगल पुगेका केटाकेटीले देखेपछि अस्थायी प्रहरी पोष्ट ठाँटीलाई जानकारी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटको एक टोली घटना स्थलमा पुगेर आवस्यक कानूनी प्रक्रिया पुरा गरेर पोष्टमार्टम गर्न लास अहिले जाजरकोट अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

घटना सम्बन्धी थप अनुसन्धान भई रहेको प्रहरी नायव उपरिक्षक रविन्द्र सिंहले जानकारी दिएका छन् ।

१२ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको