जेलब्रेकर सिलुको गिरफ्तारपछि विप्लवको आक्रोस: वार्ताको कुनै गुन्जायस छैन


भाद्र १२, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले वार्ताको आह्वान गर्दै नाटक देखाएको भन्दै बार्तामा बस्न ठाडो अस्विकार गरेको छ। सरकारले आह्वान गरेको बार्तालाई मिठाईको लेपन लगाएको बिषको चक्कीको संज्ञा दिइएको छ ।

शुक्रबार वार्ता आह्वान गरेको सरकारले मङ्गलबार बिहान नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेपछि मङ्गलबार साँझ प्रेसविज्ञप्ति जारी गर्दै विप्लवले यस्तो कडा प्रतिक्रिया दिएका हुन् । विप्लवले सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रबैयाका बीचमा वार्ताको कुनै गुन्जायस नभएको कुरा समेत विज्ञप्तिमार्फत स्पष्ट गरेका छन् ।

विज्ञप्तिमा विप्लवले मानवअधिकारवादी, सञ्चारकर्मी, कानुन व्यवसायी तथा अन्य राजनीतिक दलहरूलाई सरकारको यस्तो रबैयाको भण्डाफोर गर्दै न्यायका पक्षमा उभिन आह्वान गरेका छन् ।

नेकपाका नेता–कार्यकर्तामाथि सरकारले शृङ्खलाबद्ध रूपमा दमन, गिरफतारी बढाउँदै लगेपछि आक्रोशपूर्ण प्रतिक्रिया व्यक्त गर्दै महासचिव विप्लवले केपी र पीकेको गठबन्धनमा बनेको,वाम खोल ओढेको सामाजिक फासिवादी सरकारले आफ्नो पार्टीमाथि दिनानुदिन षड्यन्त्र, दमन र गिरफ्तारीको शृङ्खला चलाइरहेको बताएका छन् ।

उनले विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशलाई पनि लत्याउँदै विभिन्न झूट्टा मुद्दामा फसाई छानबिनका नाममा हिरासतमा राखिएका आफ्नो पार्टीका प्रवक्ता प्रकाण्ड, पीबीएम, सीसीएमलगायत सबै बन्दीहरूलाई तुरुन्त रिहा गर्न पनि सरकारसँग जोडदार माग गरेका छन् ।

हेर्नुहोस बिज्ञप्ति:

१२ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको