गोर्खा जेल ब्रेककी कमाण्डर नेकपाकी नेतृ भूजेल गिरफ्तार


भदौ १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेकपाकी पोलिटब्यूरो सदस्य समेत रहेकी भुजेललाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार उनलाई कहाँ लगिएको भन्नेबारे केही जानकारी छैन । संविधान सभा सदस्य समेत रहेकी भुजेल गोर्खा जेल ब्रेककी कमाण्डर हुन् ।

वार्ताको लागि भन्दै सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोल गठन गरेपनि सरकारले नेकपाका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको छ ।

१२ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको