निर्मलाको हत्या अभियोगमा पक्राउ परेका विष्टलाई काठमाडौं ल्याइयो


भदौ १२, काठमाडौं । निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका दिलीपसिंह विष्टलाई प्रहरीले उपचारका लागि काठमाडौं ल्याएको छ ।

प्रहरीले २४ दिनपछि मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेका ४१ वर्षीय विष्टलाई उपचारको लागि काठमाडौं ल्याएएको हो ।

प्रहरीका अनुसार बिष्टलाई मंगलबार बिहान विमानबाट काठमाडौं ल्याईएको हो । उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज र मानसिक अस्पताल पाटनमा चेकजाँच हुनेछ ।

उनको मानसिक र शारीरिक स्वास्थ्य जाँचका लागि काठमाडौं पठाएका हौं’, कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘बिहान गएका हुन । पुगिसके होलान ।’

निर्मला हत्या प्रकरणमा केही दिनदेखि तनावग्रस्त बनेको महेन्द्रनगर क्रमशः शान्त बन्दै गएको छ । स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश पनि आज दिउँसोबाट हटेको छ ।

१२ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको