चर्चित समाजसेवी इशा गुरुङले किन मागिन माफी ?


गएको बिहिबार सबैको आशाको धरोहर रबि लामिछानेको कार्यक्रम ‘सिधाकुरा जनता संग’ हेर्दै थिए। उक्त कार्यक्रममा गरिबीको अभावले अब उप्रान्त भबिस्यको उज्यालो खोज्न स्कुल जान नसक्ने पुजाको पत्र देखे । पुजा खत्रीको पत्रको शिर्षक थियो ‘घरमा खान छैन, मलाई स्कुलबाट निकाल्दिनु’ ।

म्याग्दीकि १२ बर्षिया पुजा खत्रीको दर्दनाक चिठ्ठी कार्यक्रममा हेरेपछि, त्यहि बेला नै १ लाख दिने घोषणा गरे र सुत्न गए ।

भोलि बिहान सुक्रबारको दिन हेम थापा भाइको समाचार पढन पाए । जुन पुजा खत्री लगायत उनको स-परिवारको पढ़ाइ लेखाइ बसाइको ज़िम्मेवार लिने खबरले सारै खुसी बनायो।

धेरैले फोन गरे, मेसेज गरे र भने अब हजुरको १ लाख सहयोग अरू पुजा जस्तै पिडितहरूलाइ दिनुस भनेर । मैले जवाफमा सबैलाइ भने, माफ गर्नुस, मैले बाचा गरेको सहयोग नदिदा म इमान्दारी देखिदैन, उनैलाई नै सहयोग गर्छु।

म मार्फत सहयोग गर्छु भन्नेहरू पनि धेरै आउनु भो । धेरैको सहयोग मैले नलिने भने र खाड़ी मुलुकका भाइ बहिनिहरूको सहयोग पनि नलिने भनेर उहाहरूलाइ जानकारी गराए र माफी मागे।

अहिले सम्म मात्र ११ जनाको सहयोग लिएको छु । उहाहरूको सहयोग सहित मेरो घोषणा गरेको सहयोग अब यहि आउने शनिबार रबी लामेछाने ज्यु द्वारा हस्तान्तर गर्ने छौ । सिधाकुरा जनता संग कार्यक्रमबाट पुजाको खबर आएको हुँदा, रबि मार्फत नै पुजा खत्री नानु समक्ष पुर्याउने मेरो लक्ष्य हो ।

जस जसको सहयोग मैले लिन सकिन ‘माफ’ गर्नु होला । अरू धेरै पुजाहरू छन् । उहाहरूलाइ फेरी-फेरी सहयोग गर्दै गरौला र हाल सम्म युके बाहिरबाट ७ जना सहयोगीमनहरू र युके बाट ४ जना गरेर, ११ जना सहयोगीमनहरूको रकम र मैले घोषणा गरेको रकम सहित रु. १ लाख ८९ हजार ५८० रूपिया संकलन भएको जानकारी गराउन चाहान्छु ।

हजुरहरू सम्पुर्णलाइ धन्यबाद दिन चाहान्छु।

(सम्पादकीय नोट: मान्छेहरु गल्ति गर्दा माफी माग्छन तर इशा गुरुङ अरुलाई सहयोग गर्न नपाउदा माफी माग्छिन। कति फरक छ सामाजिक स्वार्थ र व्यक्तिगत स्वार्थ बीच भिन्नता। सलाम छ सामाजिक सुसारे इशा आमालाई)

१२ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको