तिजको अवसरमा मितेरी समाज युएईले बिशेष सांस्कृतिक कार्यक्रम संगै दरखाने


भदौ १२, युएई । हिन्दुनारीहरुको पर्ब हरितालिका तिजको अबसरमा युएईमा क्रियाशील रहेको मितेरी समाज क्षेत्रीय समति दुबईले बिशेष साँस्कृतिक कार्यक्रम संगै दरखाने भएको छ ।

आउदो सेप्टेम्बर ७ सुक्रबारको दिन बरदुबईको अलमाया सुपर मार्केट बिल्डिंगमा कार्यक्रम हुने जनाएको छ । स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति संगै दरखाने कार्यक्रम दिउसो २ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

उक्त कार्यक्रममा युएइमा रहेका महिला दिदिबहिनीहरुलाई सित्तैमा दरखाने ब्यबस्था गरिएको छ, भने उपस्थित दर्शकहरुका लागि भाग्यशालि चिठ्ठाको ब्यबस्था समेत गरिएको छ ।

मितेरी समाज युएईले महिलाहरुको तिज पर्वमा यसरि हरेक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको समाजका अध्यक्ष प्रदिप पुन मगरले बताए।

त्यसैगरी आगामी सेप्टेम्बर १४ का दिन मितेरी समाज युएई केन्द्रको तिज बिशेष कार्यक्रम पनि अलएन सहरमा हुने जनाएको छ ।

 

२०७५ भाद्र १२,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको