विप्लव निकट साउदी मोर्चाले बैतडीका पिडितलाई गर्यो आर्थिक सहयोग


भदौ १२, साउदी। बैतडी जिल्ला महादेव स्थान घर भयका बिरबहादुर भण्डारीका २५ बर्षे छोरा रतन भण्डारीलाई बिप्लव नेकपा निकट जनप्रगतिशिल मोर्चा साउदिले आर्थिक सहयोग गरेको छ ।

भन्डारी लामो समय देखी पित्त थैलिको समस्यले ग्रस्त थिए । केहि साल अघि पित्त थैलिमा पत्थरी देखिएपछि अप्रेसन गरेका थिए तर अप्रेसन पछि पित्त थैलिमा फेरी समस्या देखियकाले दोश्रो पटक अप्रेसन गर्नु पर्ने भयो । आर्थिक अभावका कारण पिडित भन्डारीकि जिबन संगिनी सिर्जना अधिकारीले सहयोगका लागि साउदी मोर्चालाइ आग्रह गरिन ।

त्यस अनुसार भन्डारीको उपचारका लागी नेपाली जन प्रगतिशिल मोर्चा साउदिको पहलमा रु. २० हजार सहयोग गरेको छ।

नेपाली जन प्रगतिशील मोर्चा साउदीका केन्द्रिय प्रबक्ता तथा रियाद क्षेत्रीय अध्यक्ष सेते घर्तीमगर ‘कसम’को नेतृत्वमा उक्त रकम संकलन भएको थियो ।

१२ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको