मोदी आउँदा दुई सम्झौता हुने


भदौ १२, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हालेको चार बर्षमा चौथो पटक नेपाल आउँदै छन् ।

१७ बर्षदेखि भारतीय कार्यकारी नेपाल नआएको इतिहास तोड्दै मोदीले २०७१ साउन १८ गते नेपालको पहिलो भ्रमण गरेका थिए ।

आजको कान्तिपुरको पृष्ठ १० मा यो समाचार छापिएको छ । पछिल्लो पटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदै छन् ।

बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भएको छ ।

दुईपक्षीय वार्तामा रक्सौल-काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यी दुवै एजेञ्डामा प्रधानमन्त्री केपी ओलीको गत चैतमा भएको भारत भ्रमणमा समझदारी जुटेपछि ‘एमओयू’मा हस्ताक्षरका लागि बिमस्टेक सम्मेलनको अवसर पारिएको हो ।

यस्तै पशुपतिमा भारतीय सहयोगमा निर्मित धर्मशालाको मोदीले उद्घाटन गर्नेछन् ।

१२ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको