समवेदना सन्देशमा ‘बधाई’ दिने कर्मचारीमाथि कारबाही सुरु


पुष १२, काठमाडौं । बिहीबार परराष्ट्र मन्त्रालयले इन्डोनेसियामा गएको सुनामी सम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने कर्मचारीमाथि कारबाही गर्ने भएको छ ।

एक विज्ञप्ति सार्वजनिक गर्दै परराष्ट्रले सम्बन्धित अधिकारीमाथि कारबाही प्रक्रिया सुरु भएको बताएको छ ।

‘त्रुटी कसरी हुन गयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टिकरण माग गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’

परराष्ट्रले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटी र आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो उल्लेख गरेको हो ।

सँगै मन्त्रालयले राष्ट्रपतिले इन्डोनेसियााका राष्ट्रपतिलाई पठाएको सन्देशमा त्रुटी भएको नभइ मन्त्रालयबाट त्रुटी भएको प्रष्ट पारेको छ ।

‘सम्माननीय राष्ट्रपतिज्यूबाट इन्डोनेसियाका महामहिम राष्ट्रपतिज्यूलाई प्रेषित सन्देशमा त्रुटी भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा यस्तो त्रुटी हुन गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्रुटीप्रति मन्त्रालयले तत्कालै क्षमायाचनासहित स्पष्ट पारिसकेको छ ।’

हेर्नुहोस बिज्ञप्ति:

२०७५ पुष १२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको