पौष १२, बुटवल । काठमाडौँ उपत्यकामा घर भएका सांसदहरुले घरभाडा लिएको खबर बाहिरिएको केहि दिनमा यता प्रदेश ५ का सांसदहरुले पनि बुटवलमा घर हुँदाहुँदै राज्य कोषबाट भाडा लिएको खुलासा भएको छ । प्रदेश ५ का सबै सांसदहरुले घरभाडा लिने गरेका छन् ।
प्रदेश सभामा रुपन्देहीमा घर भएका मात्रै १७ सांसद छन् । सदरमुकाम बुटवलबाट टाढा घर भएका चार सांसद डेरामा बस्छन् । १३ सांसदले भने बुटवलमै घर भएर पनि प्रदेश सभाबाट घरभाडाबापत मासिक १५ हजार बुझ्दै आएका छन् ।
नेकपाका कमलादेवी विक, कृष्णप्रसाद न्यौपाने, तुलसीप्रसाद चौधरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र सुनिताकुमारी ठटेरले घरभाडा बुज्दै आएका छन् ।
सत्ता प्रतिपक्षदल नेपाली कांग्रेसका अष्टभुजा पाठक, पुष्पा थरुनी, फखरुद्दिन खान, बलदेव शर्मा पोखरेल, रमा अर्याल र वसी उद्दिन खाँले पनि राज्यकोषबाट घरभाडा लिँदै आएकी छन् ।
त्यसैगरि संघीय समाजवादी फोरमका सन्तोषकुमार पाण्डे आफ्नै घरमा बस्छन्, तर राज्यबाट घरभाडा रकम बुझ्छन् ।
कपिलवस्तु, नवलपरासी पश्चिम, पाल्पासम्मका अधिकांश सांसद घरबाटै आउजाउ गर्छन् । अन्य जिल्लाका केही सांसद आफन्तकोमा बस्छन् । तर, सबै सांसदले मासिक १५ हजार घरभाडा बुझ्दै आएका छन् ।
प्रदेश ५ मा ८७ सांसद छन् । मुख्यमन्त्री र मन्त्रीबाहेकका ८१ सांसदले संसद्बाट सुविधा लिँँदै आएका छन् । नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसदहरूका धेरै सुविधा कटौती भएकाले आवास सुविधा लिनुलाई स्वाभाविक ठान्नुपर्ने बताएकि छन् ।
देशको सेवा गर्न जनताको मतले चुनिएका सांसदहरुले बिभिन्न बहानामा राज्यको ढुकुटीबाट सेवा सुविधा उपभोग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस