पचालझरना गाउपालिकामा पूर्ण सरसफाइ विषयक दुइदिने तालिम सुरु


मङ्सिर ११, कालिकोट ।  पचालझरना गाउपालिकामा बिद्यालयमा आधरित पूर्ण सरसफाइ बिषयक दुइदिने तालिम संचालन सुरु भएकाे छ । गाउपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको सहजिकरण सहभागितामा बिद्यालयमा आधारित शिक्षक नायक र जुनियर रेडक्रस सर्कलका पदाधिकारिहरुका लागि बिद्यालयमा अाधारित पूर्ण सरसफाइ र महिनावारि स्वच्छता बिषयमा पहिलो चरणको दुइदिने तालिम संचालन सुरु गरिएको हो ।

पचालझरना गाउपालिकाको वडा नं १ देखि ५ सम्मका कक्षा ६ देखि माथि संचालनमा आएका बिद्यालयहरु बाट १/१ जना शिक्षक शिक्षिका १/१ जना केटा केटी गरि जम्मा २८ जना शिक्षक र बिद्यार्थि सहभागी तालिममा सहभागि रहेका छन ।

गाउपालिका शिक्षा,युवा तथा खेलकुद शाखा संयोजक अनुरुप रोकाया को अध्यक्षता तथा स्रोत ब्यत्ति नबराज शाहिको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको थियो । भने उक्त दुइदिन सम्म चल्ने कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगंजका वास अफिसर शंकर भट्टराइ र नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखा जिल्ला कार्यक्रम संयोजक टेकम वलीले सहजिकरण गरिरहनुभएको छ ।

यस लगतै गाँउपालिकामा रहेका सबै बिद्यालयमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता बिषयमा कार्यशाला संचालन गरि बिद्यालय स्थरको खानेपानी तथा सरसफाइ तथा स्वच्छता योजना तयार गर्न सहजिकरण गर्ने सहयोगि निकाय नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाले जनाएको छ ।

११ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको