प्रचण्डको बिषयमा समाचार लेख्ने पोष्टपाटीका सम्पादक प्रहरीद्वारा पक्राउ


मङ्सिर ११, काठमाडौं । पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई महानगरीय अपराध शाखाको प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डको बिषयमा समाचार प्रकाशित गरेपछि उनलाई प्रहरीले गिरफ्तार गरेको हो ।

उक्त समाचार साभार गरि प्रकाशित गरिएको थियो ।

यस अघि मङ्सिर ६ गते पोष्टपाटीमा ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको भन्दै कार्यकर्ताद्वारा प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेपछि प्रहरीले निगरानी बढाएको थियो ।

साइबर क्राइम बिषयलाई लिएर अनुसन्धानका लागि महानगरीय अपराध शाखा अन्तर्गत टेकुमा रहेको सीआइबि प्रहरीले गिरफ्तार गरेको बुझिएको छ । उनलाई मनमैजुबाट सीआइबि प्रहरीले प्रकाउ गरि टेकु पुराएको छ ।

अहिले पत्रकार गोपाल चन्दलाई टेकु स्थित महानगरीय अपराध शाखामा राखिएको छ । पोष्टपाटीमा प्रकासित समाचार मिरमिरे अनलाइनबाट साभार गरिएको थियो ।

११ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको