मगर संघ अमेरिका न्युयोर्क च्याप्टरको अधिबेशन सम्पन्न


२७ नोभेम्वर २०१८/न्युयोर्क । अमेरिकामा छरिएर रहेका मगरहरुको छाता संघठन मगर संघ अमेरिकाको न्युयोर्क च्याप्टरको अधिबेसन सम्पन्न भएको छ । बिश्वको राजधानीको रुपमा परिचीत  न्युयोर्कको ज्याकसन हाइटमा आयोजित दोस्रो अधिबेशनबाट याम पुन मगरको अध्यक्षतामा एकजना सदस्य पछि थप्ने गरि १० सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएका छन । निर्वाचित कार्यसमितिमा अध्यक्ष याम पुन मगर , उपाध्यक्ष ओमकार बुढा मगर , सचिब तिलक गुर्मछान मगर , सह-सचिब दीपक रोका मगर , कोषाध्यक्ष:-रोशन थापामगर , सह-कोषाध्यक्ष हेम पुन मगर , सदस्यहरु राजेश बुढ़ा मगर , बिकाश घर्ती मगर , पृथिमान बुढा मगर , तेक मिलन पुन मगर रहेका छन ।

मगर संघ अमेरिका न्युयोर्क च्याप्टरको दोस्रो अधिबेशन उदघाटन समारोह मगर संघ अमेरिका केन्द्रिय समितिका अध्यक्ष कुल्दिप राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख आतिथ्यको आशनबाट बोल्दै केन्द्रिय अध्यक्ष कुल्दिप राना मगरले न्युयोर्क च्याप्टर केन्द्रिय समितिको मेरुदण्ड भएको बताउदै सबै अमेरिकाबासी मगरहरुलाई मगर संघ अमेरिकामा आबद्ध भइ मगर सघंलाई सबै मगरहरुको साझा संस्थाको रुपमा र मगरहरुलाई संस्थाप्रती उत्तरदायी भुमिका रहेको जानकारी गराउनु भयो । मगर संघ अमेरिका नयाँ जोस र जाँगरका साथ अगाडि बढिरहेको र हरेक समस्यहरु संघ लडदै अब जित्ने क्रममा रहेको बताउनु भयो ।

उदघाटन समारोहलाई मगर संघ अमेरिका केन्द्रिय उपाध्यक्ष रुकु राना मगर , महासचिव सुमन पुन मगर , निबर्तमान कर्यबहाक महासचिव नरेन्द्र थापा मगर , निबर्तमान उपाध्यक्ष कुमार थापा मगर , निबर्तमान सह-कोषाध्यक्ष केबि थापा मगर , नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाका केन्द्रिय अध्यक्ष संगिनी राना मगर र एनाअरएन न्युयोर्क च्याप्टर सदस्य इन्दिरा घर्ती मगरले शुभकामना मन्तव्य दिएका थिए ।

अधिबेशन निर्वाचन अध्यक्ष मण्डलमा संगिनी राना मगर , केबी थापा मगर , कुमार थापा मगर र निर्वाचन समितिमा सुमन पुन मगर , नरेन्द्र थापा मगर र इन्दिरा घर्ति मगर रहेकोे थियो । अधिबेशन बन्द सत्रमा न्युयोर्क च्याप्टरका सचीव दिपेश बाराकोटी मगरले सांघठनिक प्रतिबेदन र याम पुन मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उदघाटन समारोहमा सहजीकरण सचिब दिपेश बाराकोटी मगर र बन्द सत्रको सहजीकरण नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष संगिनी राना मगरले गरेका थिए ।
नव निर्वाचित अध्यक्ष याम पुन मगरले संस्थाको लागि डटेर लाग्ने , मगर भाषा कला संस्कृतिको उजागरमा तल्लीन रहने बिधान बमोजिम आफ्नो कर्तव्य निर्बाह गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

११ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको