सुनछहरी गाउँपालिकामा ५ दिने प्रशिक्षण तालिम सुरु


मंसिर ११, रोल्पा । सुनछहरी गाउँपालिकामा अनलाईन ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा ब्यवस्थापन तथा कम्प्यूटर सम्बन्धी तालिम सोमबार देखि सुरु भएको छ ।

गाउँपालिकामा दर्ताप्रणालीलाई ब्यस्थीत बनाउद भन्दै ५ दिने तालिमको आयोजना गरिएको हो । गाउँपालिकाको केन्द्र पोबाङमा सोमबार देखि सुरु भएको तालिमको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष आश बहादुर पुनले बिधिवत उद्घाटन गर्नु भएको ५ दिने तालिममा गाउँपालिका भित्र रहेका ७ वटै वडाका वडा अध्यक्ष, वडा सचिव, विषयगत कार्यलयका प्रमुखहरुको सहभागिता रहेको छ ।

गाउँपालिकालाई प्रविधी मैत्रि बनाउने योजना अनुसार कम्प्यूटर तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष आश बहादुर पुनले बताउनु भएको छ । ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा ब्यवस्थापन प्रणाली ब्यवस्थीत नहुदा विभिन्न समस्या उत्पन्न भएकाले ब्यवस्थापन प्रणालीलाई चुष्त बनाउका लागिएको बताउनु भयो ।

५ दिन सम्मको तालिमले वडा अध्यक्ष, वडा सचिवहरुलाई कम्प्यूटर सम्बन्धी राम्रो ज्ञान हुनका साथै वडाका सुचना प्रणाली पनि ब्यवस्थीत हुने आशा ब्यक्त गर्नु भएको छ ।

यहि मंसिर १५ गते सम्म संचालन हुने तालिमको सहजिकरण गाउँपालिकाका सुचना प्रविधि अधिकृत गुमानसिंह विष्टले गरिरहनु भएको छ । तालिममा समान्य कम्प्यूटर प्रयोग देखि ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा ब्यवस्थापन प्रणालीको बिषयमा जानकारी गराईने बताईएको छ ।

११ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको