सल्यानमा ट्राफिक प्रहरी नै सडक मर्मतमा कस्सिएपछि…


कात्तिक १०, सल्यान । सल्यानमा ट्राफिक प्रहरी सडक मर्मतमा अाफै कस्सिएका छन् ।

जिल्लाकाे सदरमुकाम खलं‌गामा शनिबार बिहानै ट्राफिक प्रहरी खेम केसी सडक मर्मतमा जुटेका हुन् । सडक खाल्डाखुल्डी भएकाे र कालाेपत्रे उत्रेर अाफ्ठ्याराे भएकाे सडकलार्इ उनले सम्याएका हुन् ।

हातमा गैती र व्याल्चा लिएर सडक मर्मत गरिरहेका उनले भने- “अरु मजदुरको भरमा कति पर्नु आफै भएनी यो काम गर्नुपर्छ ।” सडककाे काम गर्ने सडक विभागले अहिलेसम्म कुनैपनि चासाे नदिएकाले अाफुले सक्ने काम गरेकाे उनले बताएका छन् ।

सल्यानकाे ट्राफिक नियमलार्इ व्यवस्थित र नियमबद्व रुपमा कडार्इ गर्दै अाएका उनले सवारी चालकहरुलार्इ पनि सचेत पार्दै अाएका छन् । केहि समय अघि उनले सदरमुकामका विभिन्न ठाउँहरुमा ट्राफिक नियमका बाेर्डहरु अाफै गएर गाडेका थिए ।

ट्राफिक प्रहरीकाे काम गलत गर्नेलार्इ जरिमाना काट्नु मात्रै नभएर नागरिकलार्इ सचेत पनि बनाउनु अाफ्नाे कर्तव्य भएकाे उनले बताएका छन ।

१० कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको