कार्तिक १०, काठमाडौं । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चियापान कार्यक्रम सुरु भएको छ। दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रम राजधानीको भृकुटीमण्डप बगैँचामा सुरु भएको हो।
शनिबार दिउसो १ बजेबाट सुरु भएको चियापानमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भइरहेका छन्।
कार्यक्रममा राज्यका संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदारहरूलाई निम्तो गरिएको नेकपाले जनाएको छ। ५० हजारजनालाई निम्ता गरिएको भनिएको चियापान समारोहमा निकै भिडभाड छ।
चियापान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने छ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका नामबाट सहभागिताका लागि विभिन्न क्षेत्रमा निमन्त्रणा–पत्र पठाइएको महासचिव पौडेलले जानकारी दिए।
चियापान मेनु
विभिन्न चाडबाडको शुभकामना दिन सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा निम्तालुका लागि चिया बाँड्न विशेष स्टलको व्यवस्था गरिएको छ।
भृकुटीमण्डपभित्र आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्न नेता कार्यकर्ता र सर्वसाधारणहरू त्यहाँ पुग्ने क्रम जारी छ।
पहिलोचरणमा २० देखि २२ हजारका लागि चियासहित मिठाइ आदि तयार छ। प्रत्येक निम्तालुलाई एक कपचियासहित सालको बोतामा निम्कीटुक्रा, एउटा लड्डु, एउटा केरा, एउटा कचौरीको व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस