कार्तिक १०, नुवाकोट । पूर्वमाओवादी केन्द्र र एमालेका दुई युवा नेता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
पुर्वमाओवादी निकट वाईसियल नुवाकोटका सहसचिव भोजराज खतिवडा र बेलकोटगढी नगरपालिका नुवाकोटका उपाध्यक्ष ललितमान लामाले एक प्रेसनोट मार्फत सरकारका पछिल्लो कृयाकलाप जनमुखी नरहेको र क्रान्तिकारी आन्दोलनको स्पिरिट बाहिरबाट हिँडेकाले नवगठित नेपाल कम्य्निस्ट पार्टी (नेकपा) परित्याग गर्नुपरेको बताएका छन् ।
उनीहरुले विप्लव नेतृत्वको नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा प्रतिबद्ध भई वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढ्न अपील समेत गरेका छन् ।
पछिल्लो चरणमा सत्तारुड पार्टी, कांग्रेसलगायत पार्टीका नेता-कार्यकर्ता नेकपामा प्रवेश गनेहरुको लहर चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस