नवलपरासीमा बस दुर्घटना हुँदा ११ जना घाइते


कात्तिक १०, नवलपरासी । बर्दियाबाट काठमाडौंका लागि छुटेको बस शनिबार बिहान नवलपरासीमा दुर्घटनामा परेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोलमा शनिबार बिहान बस दुर्घटना हुँदा एघार जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४ ३९ नम्बरको बस सडक छेउमा रोकिराखेको ना ६ ख ५९२ नम्रबरको ट्रकमा ठोक्किँदा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परि घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको नाम, ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

१० कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको