सन्तोषकुमार गुप्ता/भालुबाङ १० कात्तिक । देउखुरीको भालुवाङमा पछिल्लो समययता घटेका आपराधिक गतिविधिका प्रति स्थानीय सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । दशैं पर्वकै बीच चरणबद्ध रुपमा शब फेला पर्ने र पहिचान नहुने लगायतका घटनाहरु बढ्न थालेपछि सरोकारवालाहरुले भालुवाङको शान्ति सुरक्षा माथि नै प्रश्न चिन्ह उठाउन थालेका हुन्।
भालुवाङमा अपराधिक घटनामा नियन्त्रण हुनुको साटो हत्याहिंसाको घटना बढ्न थालेको भन्दै नेपाल पत्रकार महासंघ दाङले बिहिबार राप्ती उद्योग बाणिज्य संघ भालुवाङको सभाहलमा भालुवाङ क्षेत्रका नागरिक सुरक्षा चुनौती बारे सरोकारवालाहरु संग पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।
नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश पाषद् महेश रिजालको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउपालिका का अध्यक्ष नुमानन्द सुवेदी, वडा नं. १ का वडाध्यक्ष ताराबहादुर डिसी, नेपाल कम्युनिष्ट पार्टीका अर्जुन अधिकारी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, नयाँ शक्ति पार्टी नेपालका होमप्रसाद शर्मा, नेपाल कम्युनिष्ट पार्टी बिप्लपका गणेश केसी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोखे्रल, स्थानीय उद्योगपति रामबहादुर सुनार, विद्यार्थी नेता अशोक बेल्वासे, ग्लोवल यूथ क्लवका अध्यक्ष रमेश कडेल, पत्रकार ओमप्रकाश गुप्ता, विदुर एमसी र अंशु बोहरा लगायतले भालुवाङ क्षेत्रमा पछिल्लो समयमा भएका हत्याहिंसा, बलात्कार एवं लुटपात प्रति गम्भीर चासो र चिन्ता व्यक्त गर्दै सरोकारवाला निकाय समक्ष आ–आफ्ना धारणा राखेका थिए ।
विगत केही समयदेखि भालुवाङ क्षेत्रमा अज्ञात मानिसहरु मृत अवस्थामा फेला परिरहने घटनाले भालुवाङ क्षेत्रका सर्वसाधरण त्रर्सित र आतंकित बनेका छन । उक्त अन्तरक्रिया कार्यक्रममा सशत्र प्रहरी वल नेपाल २९ नं. गण भालुवाङका गणपति तुलसीराम दाहाल, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक रबिन्द्रराज पाण्डे र अस्थाई ट्राफिक प्रहरी पोष्ट प्रमुख उत्तम जिसी समेतले उठेका सवालका बिषयमा स्पष्टिकरण जवाफ दिएका थिए ।
भालुवाङको पुरानो बजारमा कोजाग्रत पुर्णिमाको राती कार्तिक ६ गते छुरा प्रहार गरी उछिंखल युवाहरुले एक युवालाई घाईते वनाएको, मेलाको भोलिपल्ट मेला स्थल नजिकै एक अज्ञात व्यक्तिको मृत लास फेला परेको, त्यसको दुई दिन पहिले भालुखोला नजिकै एक मृत अवस्थामा फेला परेको जस्ता घटना घटेका थिए ।
उक्त कार्यक्रमको संचालन संचारकर्मी सन्तोषकुमार गुप्ताले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस