ज्ञानोदय लुङ्ग्री रोल्पाको अध्यक्षमा मिन बहादुर घर्ती मगर


चोम बिष्ट/कार्तिक १०, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालीका ५ जौमाकसलामा रहेको ज्ञानोदय लुङग्री एकतायुवा क्लवको अधिवेसन सम्पन्न भएकोछ। क्लवका अध्यक्ष रेगबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा सुनछहरी गाउँपालीका अध्यक्ष आसबहादुर पुन रक्तिम रहनु भएको थियो ।

कार्यक्रमको विशेष अतिथीमा क्लवका सस्थापक अध्यक्ष तथा सल्लाहकार धर्वेन्द्र रोकामगर, गाउपालीका ५ का वडा अध्यक्ष तिर्खबहादुर वुढाथोकि, कार्यापलीका सदस्य मनोज विक, तिरबहादुर रोकामगर, पुनराम थापामगर, प्रशान्त कुमार पुन, पर्शुराम पुन लगाएतको रहनु भएको थियो।

कार्यक्रमको अन्य अतिथीहरुमा तत्कालित माओवादी केन्द्रका प्रतिनिधी भिम प्रकाश पुन, एमालको तिर्खबहादुर घर्तिमगर, नेपाली काँग्रेसका रेगबहादुर पुन, इलाका प्रहरीका कार्यालय पोबाङका प्रहरी हवल्दार देवबहादुर राणा, नेरा मावि फगामका भुपु प्रअ देउभान रोकाक्षेत्री, जन एकाता युवा सुमह फगामका अध्यक्ष भरत पुन, इस्मारिका युवा सुमहका अध्यक्ष तराई पुन लगाएतको रहनु भएको थियो ।

क्लवका उपाध्यक्ष याम प्रसाद विष्टको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको संचालन क्लवका सचिव विनोद पुनमगरले गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथी पुनले क्लव एक सामाजिक सस्था भएकाले यसले शिक्षा, स्वास्थ्य, विकाश निमार्ण, चेतना वृद्धि, खेलकुद लगाएत जुन सुकै क्षेत्रमा पनी काम गर्न सकिने भएकाले समाज विकाशमा क्लवहरुको महत्व पुर्ण भुमिका रहेको उहाले बताउनु भएको छ । समाज विकाशका लागी युवाहरु नै मेरुदण्ड भएकाले सवै युवाहरुको एकताले जुनसुकै काम गर्न सकिने उहाले जनाउनु भएको छ ।

कार्यक्रमकै अवसरमा देउभान रोका, भरत पुन, मतिराम रोका, रेगबहादुर पुन, तिर्खराज रोका, धर्वेन्द्र रोका, तिर्ख वुढाथोकि लगाएतले मन्तव्य राख्दै क्लवले गरेको काम प्रति प्रशंसा गर्दै अझै धेरै राम्रो काम गर्न वाँकी रहेको वताउनु भएको थियो । उहाहरुले अव बन्ने नया कार्य समितीले बाँकी काम सम्पन्न गर्न सकरात्मक भुमिका खेल्ने समेत जनाएका थिए ।

कार्यक्रमको अवसरमा क्लवको प्रतिवेद सचिव विनोद पुनले प्रस्तुत गर्नुभएको थियो । सोहि अवसरमै क्लवको खेलकुद मैदान र नवनिर्मित मन्दिरको समेत उद्घाटन साथमा क्लवले प्रशंसा पत्र कदर पत्र समेत प्रदान गरेको थियो ।

अधिवेशनबाट मिन बहादुर घर्तीमगरको अध्यक्षतामा १७ जनाको कार्यसमिति गठन गरेको छ जसमा बरिस्ठ उपाध्यक्ष जित बहादुर पुन मगर, उपाध्यक्ष निशाना बुढाथोकी, सचीव बिनोद पुन मगर, सह सचीव लोकेन्द्र रोका मगर, कोषाध्यक्ष भिमराज बिक, सह कोषाध्यक्ष सन्तोष घर्ति मगर, सदस्यहरुमा लिल बहादुर रोका मगर, बेगम थापा, मनिषा पुन मगर, केशलाल घर्ती मगर, प्रेम बिक, चन्द्रकला घर्ती, डोर बहादुर घर्ती मगर, दिल कुमारी बिक, टेकमन रोका मगर, अञ्जली रोका मगर गठन गरेको त्यहा बाट चोम बिष्टले जानकारी गराएका छन ।

१० कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको