‘स्कुल जान त मन लाग्छ’


कात्तिक १०, सर्लाही । ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन् । महिना पुगेपछि स्कुलले भर्ना गर्न ‘जन्मदर्ता लिएर आऊ’ भन्यो ।

भोलिपल्ट बिहानै उनका बुवा सत्यसिंह ब्लोन–तामाङ जन्मदर्ताका लागि भक्तिपुर गाविस भवन पुगे । सचिवले कडा स्वरमा भने, ‘घरमा ट्वाइटेल छ ? ’ सत्यसिंहले मुन्टो हल्लाउँदै भने, ‘अहँ ।’ ‘ट्वाइलेट नबनाएसम्म जन्मदर्ता बन्दैन ।’ पवित्राका बुवा खिन्न मन लिएर फर्किए । त्यसपछि बन्द भयो, पवित्राका लागि एक किलोमिटर परको स्कुलको ढोका ।

गाविस सचिवको त्यही वाक्य सुनेर फर्किएको ४ वर्ष बित्यो । पवित्राका बुवाले न ट्वाइलेट बनाउन सके, न छोरीलाई स्कुल पठाउन । जन्मदर्ता, ट्वाइलेट, स्कुल, गरिबी यी चार शब्दको वरिपरि रिँगिरह्यो पवित्राको स्कुल जाने सपना । उनको बालस्मृतिबाट स्कुल गएका दिन बिस्तारै मेटिँदै छन् ।

पूर्वपश्चिम राजमार्गको सागरनाथ चोकबाट करिब ४ किलोमिटर जंगलको बाटो हिँडेपछि पवित्राको गाउँ मियाँखोर पुगिन्छ । गाउँको मुखैमा छ वरपीपलको रूख । त्यसैको छायामा छ एउटा दोकान । त्यही दोकान र वरपीपलको छहारीले बताउँछ, गाउँको कथा । आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

२०७५ कार्तिक १०,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको