सिहंदरवार पस्नेहरुको मस्तिष्कमा राणाकालिन निरंकुशता घुस्छ :बोगटी


असोज ११, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका सुर्खेत जिल्ला ईन्चार्ज गणेश बोगटी ‘ध्रुव’ले सरकार मानवअधिकार हनन गर्न उद्दत रहेको भन्दै आपत्ति जनाएका छन । क्रान्तिकारी पत्रकार संगठन, केन्द्रीय समिति र सुर्खेत शाखाले सुर्खेतको वीरेन्द्रनगरमा गरेको कार्यक्रममा ईन्चार्ज ध्रुवले आफ्नो पार्टीलाई शान्तिपूर्ण आन्दोलन गर्न नदिएर संविधानमा भएको अधिकार हनन गरिरहेको बताए ।

सरकार अहिले सबैभन्दा निरकुङस भनिरहेको भन्दै इन्चार्ज ध्रुवले भने, ‘सिंहदरबारमा पसेपछि सबैको मस्तिस्कमा राणाकालिन मस्तिस्क पस्छ कि क्या हो ? कहिलेकाही त अनौठो लाग्छ ।’ उनले अहिले आफ्नो पार्टीलाई सरकारले प्रतिबन्ध लगाईरहेको भन्दै अभिव्यक्ति स्वतन्त्रता नभएको बताए । उनले भने, ‘हामीले अहिले संविधान अनुसार नै शान्तिपूर्ण कार्यक्रम गर्न पाएका छैनौं, हामीलाई सांगठनिक गतिविधि गर्न सरकारले प्रतिबन्ध लगाएको छ कहाँ छ अभिव्यक्ति स्वतन्त्रता ?’

इन्चार्ज ध्रुवले भ्रष्टाचार, अन्याय, अत्याचार, राष्ट्रियताको विषयमा कुरा उठाउँदा सरकार दमनमा उत्रिएको गुनासो गरे । उनले सांगठनिक गतिविधि गर्दा हतियार खरिद गरेको, हिंसात्मक गतिविधि सञ्चालन गर्न खोजेको जस्ता अनावश्यक आरोप लगाएको बताए । उनले भने, ‘हामीले त क्रान्तिको कुरा गरेको हो , क्रान्ति भनेको त फोहोर बढार्ने अभियान हो, तर यसलाई गलत ढंगले प्रचार गरिएको छ ?’

 

११ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको