भारतले गर्यो आकाशबाट आकाशमै मार हान्न सक्ने क्षेप्यास्त्रको परीक्षण


असोज ११, काठमाडौँ । भारतले ‘अस्त्र’ नामको आक्रामक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।

भारतले आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।

भारतीय वायू सेनाको एसयू–३० लडाकू बिमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशानामा प्रहार गरेको पनि मन्त्रालयले जनाएको छ ।

भारत सरकारको स्वामित्वमा रहेको प्रतिरक्षा अनुसन्धान तथा विकास संस्थाले पहिलोपटक आकाशबाट आकाशमै मार हान्न सक्ने उत्कृष्ट र अभेद्य क्षेप्यास्त्र निर्माण गरेको बताइएको छ ।

नयाँ क्षेप्यास्त्रले फरकफरक दूरी र २० देखि ८० किलोमिटर उचाइका क्षेत्रमा अचूक निशाना लगाउन सक्ने भारतीय रक्षा मन्त्रालयले जनाएको छ । एजेन्सी

११ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको