असोज ११, दाङ । बडादैशका लागि नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरदाङले यस वर्ष ५ सय खसीबोका खरिद गर्ने भएको छ ।
नेपाल खाद्य संस्थान केन्द्रिय कार्यालयको खसीबोका खरिद कार्यक्रम अन्र्तगत अञ्चल कार्यालय तुलसीपुरले जिल्लामा खसीबोका खरिद गर्न लागेको अन्चल प्रमुख अनिल कुमार श्रेष्ठले जानकारी दिए ।
संस्थानले देशभरबाट खसीबोका तथा च्याङग्रा गरेर दुई हजार खरिद विक्रि गर्ने लक्ष्य लिएको छ । तिब्वतबाट एक हजार च्याङग्रा, विरगन्जको हेटौडाबाट ५ सय र अन्चल कार्यालय तुलसीपुरबाट ५ सय खसीबोका खरिद गर्ने कोटा रहेको छ ।
कार्यालयका अनुसार २० देखी २५ केजी सम्मको खसीको मुल्य प्रतिकिलो तिन सय सहत्तरी रुपैया र २५ केजी देखी माथिको प्रतिकिलो तिन सय पचासी रुपैयामा खरिद हुनेछ ।
त्यस्तैगरी २० केजी देखी माथिका बोकाको मुल्य प्रतिकिलो तिन सय साठी रुपैयामा खरिद हुनेछ । उल्लेखीत मुल्यमा दररेट निर्धारण समितिले हेरफेर गर्न सक्ने प्रमुख श्रेष्ठले बताएका छन् । गतबर्ष पनि कार्यालयले चार सय तिन वटा खसीबोका खरिद गरी काठमाडौ पठाएको थियो।
प्रतिक्रिया दिनुहोस