निर्मला पन्त हत्या प्रकरण थप रहस्यमय, गृहमन्त्रीले गरे यस्तो खुलासा


असोज ११, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कारपछि हत्या भएको दुई महिना बितेपनि अभियुक्तको पहिचान रहस्यमय बनेको छ ।

बुधबार गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याबारे नयाँ तथ्य अघि सारे । हत्यापछि प्रहरीले उठाएको मुचुल्कामा गरिएको निर्मलाका बाबुको औंठाछाप नक्कली रहेको गृहमन्त्रीबाटै खुलासा भयो ।

बुधबार बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री बादलले निर्मलाले लगाएका लुगाहरु पनि जलाइएको पाइएको बताए ।

उनले भने, ‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप भेटिएको छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’

निर्मलाका बाबु यज्ञराज पन्तले आफूले मुचुल्कामा औंठाछाप नलगाएको बताएका छन् । दाहसंस्कार गरेको ८–१० दिनपछि प्रहरी कार्यालयमा बोलाएर अर्कै कागजमा उनलाई औठाछाप लाउन लगाएको बताइएको छ ।

शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो । गृहमन्त्रीले निर्मला हत्यामा तत्कालीन प्रहरीको टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

११ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको