ट्राफिकको अर्को नियमः जुत्ता नलगाए लाईसेन्स खारेज


असोज ११, काठमाडौँ । दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् ।

यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् । लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि ।

यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ ।

यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो । दुसै तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो ।

चालकले जुत्ता लगाएर नलगाएर जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

११ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको