अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसिया पुनर्गठन 


भदौ ११, क्वालालम्पुर मलेसिया । आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा मलेसियामा कार्यरत रोल्पाली युवाहरुको भेलाले कार्यसमितिमा हेरफेर गरेको छ ।

‘रोल्पा जिल्लाका रोल्पाली दाजुभाइ तथा दिदिबहिनीहरु एक जुट हौं समृद्ध रोल्पाको लागि जुटेर अघि बढौं, भन्ने नाराका साथ अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसिया संस्थाको पदाधिकारीमा फेरबदल गर्दै संगठन पुनर्गठन गरेको छ।

रोल्पाली सेवा समाज मलेसिया साझा संस्था भएकोले मलेसियाको विभिन्न शहरमा रहेका रोल्पालीहरुलाई उक्त संस्थामा गोलबन्द गर्दै कार्य समितिमा हेरफेर गरेको सल्लाहकार टोप बहादुर पुनमगरले बताए।

सँस्थाको अध्यक्ष राज कुमार बुढामगर, उपाध्यक्ष सुर्य बहादुर घर्तिमगर, उपाध्यक्ष पार्बती बुढामगर, महासचिव राम प्रसाद पुनमगर, सचिव अर्जुन घर्तिमगर, सह सचिब पृर्थी प्रकाश रानामगर, कोषाध्यक्ष मिलन थापा क्षेत्री र सहकोषाध्यक्ष दिबस कुमार केसिलाइ मनोनय भएका छन्।

१४ जनाको साधारण सदस्यहरु समेत रहेका छन र आवश्यकता अनुसार पछी थपगर्ने जनाएको छ । साधारण सदस्यहरुमा देब बहादुर पुनमगर, जय बहादुर रोकामगर, टिकाकाराम पुनमगर, प्रकाश बुढामगर, खड्क प्रसाद बि क, केदार सिंह डाँगी, तेजेन्द्र खड्का, दिपक बिष्ट, भक्त बहादुर बुढामगर, दिपक वलि, मन बहादुर बि क, दिपेश पुनमगर, धनराज पुनमगर र बिरेन्द्र वलि रहेका छन ।

सल्लाहकार समितिमा पुस्प कमल पुनमगर प्रमुख सल्लाहकार रहेका छन् भने, अन्य सदस्यहरुमा टोप बहादुर पुनमगर, तेज कुमार बुढामगर, दिल बहादुर रोकामगर, गगन मगर, शुबास रोका क्षेत्री, रबिना घर्तीमगर, दिपक संघर्ष रहेका छन्।

११ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको