रोल्पाको गाउँगाउँमा मार्चपास गर्दै राता मान्छेहरु [तस्विरहरु]


भदौ ११, रोल्पा । नेपाल कम्युनिस्ट पार्टीले रोल्पामा सङ्गठन बिस्तार अभियान सुरु गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार ४ महिने अभियान संचालन गरेको नेकपाले जनाएको छ।

रोल्पामा गाउँगाउँमा राता टिसर्ट लगाएका युवाहरुले मार्चपास गरेका छन् । ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ अन्तर्गत आइतबार रोल्पाका विभिन्न गाउँहरुमा रातो टिसर्ट लगाएका युवाहरुले मार्चपास गरेका थिए ।

‘राज्य दमन बन्द गर, प्रतिरोध संघर्षलाई अगाडि बढाऔं’ लेखिएका ब्यानर बोकेर नेकपाका कार्यकर्ता तथा समर्थक गाउँगाउँ पसेका छन् । रोल्पाको अभियानको नेतृत्व नेकपाकी केन्द्रीय सदस्य सम्झना घर्तीले गरेकी छन् ।

अभियानको क्रममा संगठन विस्तारसँगै जनताको काममा सहभागी हुने, सहिद, बेपत्ता र जनयुद्धका घाइते परिवारको काममा सहभागी हुने, स्थानीय भ्रष्टाचारी, कालोबजारी लगायत समाज विरोधी काम गर्नेलाई जनकारवाही गर्ने बताइएको छ।

 

२०७५ भाद्र ११,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको