कर्णालीका संसदीय समिति अझै प्रमुख विहिन


भाद्र ११, सुर्खेत । कर्णाली प्रदेशमा संसदीय समिति गठन भएको चार महिना बितिसक्दा पनि संसदीय समितिहरूले प्रमुख पाउन सकेका छैनन ।

कर्णाली प्रदेशसभाको गत चैत २६ गते बसेको दशौँ बैठकले चार वटा प्रदेशको सभामा विधायन तथा प्रदेश मामिला समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति गठन गरिएकोमा अहिले सबै समितीहरु प्रमुख बिहिन छन् ।

समिति गठन भएको लामो समय बितिसक्दा पनि यहाँका दलहरूले संसदीय समितिहरुमा नेतृत्व छान्न नसक्दा सबै समितिमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ । पार्टी एकताका कारण सबैको ध्यान पार्टी नेतृत्वमा केन्द्रित भए पछि संसदीय समितिको नेतृत्व चयनमा ढिलाइ भएको नेकपाका सांसद करवीर शाहीले बताए। पहिला पार्टीमा नेताको कार्य विभाजन भए पछि मात्रै संसदीय दलको पदाधिकारी तथा समितिहरुको जिम्मेवारी दिन सजिलो हुने शाहीले बताए।

पार्टी एकतामा अल्झिएको नेकपाले संसदीय दलको नेता र प्रमुख सचेतक लगायतका संसदीय पदाधिकारी छनोट गर्नसमेत सकेको छैन भने नेपाली काङ्ग्रेसका कर्णाली प्रदेशका सांसद यज्ञबहादुर बीसीले सत्तापक्षकै ढिलाईका कारण संसदीय समितिहरू प्रमुख विहीन रहेको बताए।

११ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको