गजल
फेरि हामी तिरै आँखा, तर्दैछ छिमेकी
खतरनाक नाकाबन्दी, गर्दैछ छिमेकी
फिजि र सिक्किम जस्तै, बनाउने योजनामा
आफ्ना देशका नागरिक, भर्दैछ छिमेकी
तीन तिरबाट, सिमानाहरु मिच्दै मिच्दै
हाम्रो नेपाली भुमितिर, सर्दैछ छिमेकी
माछालाई जस्तै, जालमा पार्नलाई
सहायतारूपी चारो, छर्दैछ छिमेकी
आन्तरिक मामिलाहरुमा, हस्तक्षेप गरि
हाम्रो सार्बभौमसत्ता, हेर्दैछ छिमेकी
मुकुन्द कृष्ण थापा, खोटाङ
प्रतिक्रिया दिनुहोस