पत्रकार संगठनबारे भ्रममा नपर्न नेकपाको आग्रह, अध्यक्षमा प्रकाश डुम्रे नै अाधिकारिक


भाद्र ११, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफु निकट क्रान्तिकारी पत्रकार संगठन बारे भ्रममा नपर्न आग्रह गरेको छ।

एक बिज्ञप्ति जारिगर्दै क्रान्तिकारी पत्रकार संगठन बारे भ्रमपूर्ण समाचारहरुको पछी नलाग्न जोड दिएको छ।

संगठनमा भएका केहि व्यक्तिहरुले संगठनको नीति र मर्यादा मिचेर आफूखुसी बक्तव्यबाजी गरिरहेको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिज्ञप्तिमा भनिएको छ ‘क्रान्तिकारी पत्रकारिताको महत्वपूर्ण जिम्मेवारी पुरा गर्दै आएको उक्त संगठनका कमल बुढा लगायतका केहि सदस्यहरुले संगठन र मातृ संस्थाका निर्णयहरुलाई लत्याउदै अनावश्यक भ्रामक प्रचार गरिरहेका छन।’

उनीहरुको यस्तो भ्रमबाट सबै मुक्त हुन भन्दै प्रकाश डुम्रेको नेतृत्वमा बनेको टिम नै आधिकारिक रहेको जनाएको छ । साथै अन्य सदस्यहरुलाई प्रकाश डुम्रेको नेतृत्वमा गोलबन्द हुन पार्टीले आग्रह समेत गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयको तर्फबाट सचिव ध्रुवले हस्ताक्षर गरेको बिज्ञप्ति जारि गरिएको छ ।

केही दिन अघि बिभिन्न अनलाइनहरूमा बिप्लव नेतृत्वको नेकपा निकट पत्रकारहरूको संगठन फुटेको भन्ने समाचार प्रकाशित भएका थिए।

बिज्ञप्ति हेर्नुहोस:

११ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको