सरकारले वार्ताको कार्ड फ्याँकेर फसाउन खोजेको छ : हेमन्तप्रकाश वली ‘सुदर्शन’


पौष ११, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ले सरकारले वार्ताको कार्ड फ्याँकेर फसाउन खोजिएको दाबी गरेका छन । उनले वार्तालाई सरकारले कार्डको रुपमा अगाडी सारेकाले नमान्ने पार्टीको नीति रहेको जानकारी दिए ।

माओ दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको काठमाडौं उपत्यका विशेष ब्यूरोले काठमाण्डौंको कमलादीस्थित प्रज्ञाभवनमा आयोजना गरेकोे ‘नेपाली क्रान्तिको कार्यदिशा र माओवादको महत्व’ विषयक कार्यक्रममा बोल्दै नेता सुदर्शनले सरकारसँगको वार्ता बिना उद्देश्यको हुने भएकोले आफूहरुले स्वीकार गर्न नसकेको बताए ।

देशको स्वाधीनता, राष्ट्रियता र जनताको पूर्ण अधिकारको लागि राजनीतिक क्रान्ति गरिरहेका क्रान्तिकारी शक्तिलाई भ्रम दिएर फसाउन सकिन्छ कि भन्ने उद्देश्यबाट सरकारबाट वार्ता हल्ला गरिएको उनको टिप्पणी थियो । सुदर्शनले वार्ताबारे सरकार नै स्पष्ट नरहेको भन्दै धेरै भ्रम नछर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

वर्तमान राज्यव्यवस्थालाई ‘दलाल संसदीय व्यवस्था’को संज्ञा दिदै उनले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यक्रम चलाइरहेको दावी गरे ।

२०७५ पुष ११,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको