पत्रकारहरुले प्रतिपक्षको जस्तो व्यवहार गरे -सभामुख महरा


पौष ११, काठमाडौं । पत्रकारहरुले प्रतिपक्षको जस्तो ब्यबहार गरेको भन्दै त्यस्तो नगर्न सभामुख कृष्णबहादुर महराले पत्रकारहरु लाई आग्रह गरेका छन् । प्रतिनिधिसभाका सभामुख महराले प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारहरुलाई आग्रह गरेका हुन ।

देश र नागरिकको पक्षमा दृढतापूर्वक उभिदै संसद र संसदीय गतिविधिलाई नागरिक माझ पु¥याई दिन पनि पत्रकारहरुलाई पटक–पटक आग्रह गरेका थिए ।

बुधबार संसदीय मामिला पत्रकार समाजको नयाँ कार्य समितिलाई पद हस्तान्तरणका लागि सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नागरिकको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलोको रुपमा रहेको संघीय संसदको सबै गतिविधिलाई नागरिकमाझ संचार गराउन पनि संसदीय मामिला पत्रकार समाज सफल हुने विश्वास व्यक्त गरेका थिए ।

त्यस अवसरमा सभामुख महराले संघीय संसदमा नागरिकको प्रतिनिधिहरुलाई सार्थक छलफल गराउन आफू प्रतिवद्ध रहेकोे पनि स्पष्ट पारे । उनले संसदको काम कार्वाहीलाई सार्थक बनाउन रचनात्मक सहयोग गर्न पनि संसदीय मामिला पत्रकार समाजका नयाँ नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकको विश्वास बढाउने दायित्व पूरा गर्ने काममा साथ दिन पत्रकारहरुलाई आग्रह गरेका थिए ।

संवैधानिक व्यवस्था अनुसार कानुनहरुको निर्माण तथा संशोधनको काम अघि बढने भएकाले त्यसमा पत्रकारहरुको ठूलो सहयोगको अपेक्षा गरिएको पनि बताए ।

२०७५ पुष ११,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको