आज १२६औं माओ दिवस: माओले भारतलाई सबक सिकाउन चाहन्थे [जीवनी]


पौष ११ । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नेता माओ सेतुङको १२६ औँ जन्म जयन्ती आज परेको छ । उनि संसार बदल्ने वैचारिक हतियारको जन्म दाताको रुपमा परिचित छन् । आउनुहोस १२६ औँ माओ जन्म जयन्ती अबसरमा केहि चर्चा गरौ ।

माओको जीवनी

माओ त्से-तुंग (Mao Zedong) अथवा (Mao Tse-tung)को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सितम्बर १९७६ मा भएको हो । उनी चीनी क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो| उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् । मार्क्स वादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ।

वर्तमानमा कतिपय मुलुकमा माओ एक विवादास्पद व्यक्ति मानिएता पनि चीनमा राजकीय रुपमा महान् क्रान्तिकारी, राजनैतिक रणनीतिकार, सैनिक पुरोधा अनि देशरक्षक मानिन्छन। धेरै चीनी व्यक्तिहरुको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक, तकनिकी एवं सांस्कृतिक विकास तथा पछाडिएको देशलाई संसारको प्रमुख शक्तिको रुपमा खडा गराउन गतिलो भूमिका निभाएकाछन् । उनी कवि, दार्शनिक, दूरदर्शी महान् प्रशासकको रुपमा मानिन्छन् यसको विपरीत, माओका सामाजिक तथा राजनीतिक कार्यक्रमहरु ग्रेट लीप फॉरवर्ड (Great Leap Forward) र सांस्कृतिक क्रांतिको कारण गंभीर अकाल सृजना भएको र चीनी समाज,अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पुरयाएको कुरामा कतिपय व्यक्तिहरु विश्वास राख्दछन्, जसको फलस्वरुप सन् १९४९ देखि १९७५ सम्म करोडौं मानिसहरुको व्यापक मृत्यु भएको बताउँछन । माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरुमा गनिन्छन् । र टाइम मेगाजिनपत्रिका अनुसार २०औं शताव्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरुमा माओ पर्छन् ।

प्रारम्भिक जीवन

जिन्हाई क्रातिको बेला माओ हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारिहरुको तर्फबाट लडाईंमा भाग लिए, जब कुइङ् राजवंश सत्ताच्युत भयो त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गए । सन् १९१८ मा स्नातक बनेपछि सन् १९१९ को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविष्यका ससुरा प्राध्यापक याङ् च्याङ् जि सित बेजीङको यात्रामा गए ।  प्राध्यापक याङ् च्याङ् जि पेकिङ् विश्वविद्यालयमा महत्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरे । माओले अंशकालिक (part-time) छात्रमा पंजीकृत भई केही मात्रामा व्याखान र विद्वानहरुको सेमिनारहरुमा भाग लिए । संघाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए ।

माओ पुस्तक लेख्दै सन् १९३८

लुओ यिक्सिनोसित विवाहित( बाबुले गराईदिएको विवाह जसलाई माओले कहिल्यै स्वीकारेनन्)) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसित् बिहे गरे। अक्टूबर १९३० मा, कुओमिन्टांग (KMT)लेयांग काइहुइ र उसको छोरा एनिंगलाई पक्रा गर्‍यो । (KMT)ले दुवैजनालाई बन्दी बनायो, पछि गएर एनिंगलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भनें मारिदियो। त्यस बेला माओ उनकी सहकर्मी १७ वर्षिया केटी हि जिझेन्सित बस्थे, भाषा कौशलतामा कमजोर भएकाले जियांग सम्प्रदायसित बसेता पनि उनले मन्दारिन् चीनि भाषा सिक्न सकेनन्। उनले फ्रांसमा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे।

२३ जुलाई १९२१ का दिन, माओले, २७ वर्षको उमेरमा संघाइमा चीनको कम्युनिष्ट पार्टीको राष्ट्रीय कांग्रेस मा भाग लिए । दुइ वर्षपछि, उनी पार्टीको तेस्रो कांग्रेस अधिवेशनमा पांच कमिसारमध्येमा एक प्रतिनिधिको रुपमा छानिए सोहि साल केन्द्रीय समितिको आदेशमा माओ हुनान् कुओमिन्टांग साखा सञ्चालन गर्नका निम्ति हुनान् फिरे। सन् १९२४ मा, उनी कुओमिन्टांगको राष्ट्रीय अधिवेशनका प्रतिनिधि बने,जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिए।

भारतलाई सबक सिकाउन चाहन्थे माओ

आज चिनियाँ क्रान्तिका नायक एवं कम्युनिष्ट आन्दोलनका नेता माओ त्से तुङ्को १२६ औं जन्म जयन्ती । नेपालमा पनि कम्युनिष्ट पार्टीहरुले माओ दिवस विविध कार्यक्रम गरी मनाइरहेका छन् । माओ जयन्तीका अवसरमा बीबीसी हिन्दीका रेहान फजलले एउटा रिपोर्ट तयार पारेका छन् । जसमा माओले भारतमा के गर्न खोजेका थिए भन्नेबारे सामाग्री प्रस्तुत गरिएको छ ।

चिनियाँ नेता माओत्से तुङका बारेमा भनिन्थ्यो कि उनको दिन रातिबाट सुरु हुन्थ्यो । उनी लगभग पूरै रात काम गर्थे र बिहानतिर सुत्न जान्थे । उनको धेरैजसो समय ओछ्यानमा बित्थ्यो । यहाँसम्म कि खाना पनि उनी ओछ्यानमै खान्थे । उनको पलङ हमेसा साथमै हुन्थ्यो । रेलमा पनि उनका लागि विशेष प्रकारको पलङ जोडिएको हुन्थ्यो ।

यहाँसम्म कि उनी जन १९५७ मा मस्को गए, उनको पलङ जहाजबाट मस्को पुर्‍याइयो । किनकि, माओ कुनै नयाँ ओछ्यानमा सुत्न सक्दैनथे । घरमा बस्दा उनी केवल एउटा नुहाउनेवाला गाउन लगाउँथे र खाली खुट्टा रहन्थे ।

चीनस्थित भारतीय दूताबासमा त्यसबेलाका जुनियर अफिसर नटवर सिंह बताउँछन् कि १९५६ मा जब लोकसभा अध्यक्ष आयंगरको नेतृत्वमा भारतको संसदीय प्रतिनिधिमण्डल चीन पुग्यो, तब त्यो टोलीलाई एक रात साढे १० बजे यो बताइयो कि अध्यक्ष माओले उनीहरुसँग राति १२ बजे भेटघाट गर्नेछन् ।

माओले एक एक गरेर सबै सांसदसँग हात मिलाए । सुरुमा माओ मूडमा थिएनन् । एक दुई शब्दमा आयंगरको प्रश्नको जवाफ दिइरहेका थिए । तर, केहीबेरपछि उनी खुले । आयंगरले भने कि स्वतन्त्रतापछि भारत एउटा ढोलजस्तै थियो, जसलाई रुस र अमेरिकाले दुबैतिरबाट बजाइरहेका थिए । यो सुनेर माओले जोडका साथ अट्टहास गरे ।

पूरै बैठकका क्रममा माओले एकपछि अर्को चुरोट सल्काइरहे । जब त्यहाँ उपस्थित भारतीय राजदूत आरके नेहरुले मुखमा चुरोट राखे, माओले आफैं चुरोट सल्काइदिए । माओको यस्तो व्यवहारबाट त्यहाँ उपस्थित भारतीय सांसद र राजनीतिज्ञहरु दंग परे ।

अर्को वर्ष जब भारतका उपराष्ट्रपति सर्वपल्ली राधाकृष्णन चीन गए, माओले आफ्नो निवास चुङ नान हाई को आँगनको वीचैवीच आएर उनलाई रिसिभ गरे । दुबैले हात मिलाए, राधाकृष्णनले माओको गलामा थप्थपाए ।

यस्तो वेवकुफीबाट केही रिसाएको या आश्यर्चमा परेको पाएपछि उपराष्ट्रपतिले जबरजस्त ‘पन्च लाइन’ दिए- अध्यक्ष महोदय, दुखित नहुनोस्, मैले स्टालिन र पोपसँग पनि यही गरेको छु ।

भोज खाइरहेका बेलामा माओले खाँखाखाँदै बहुतै सामान्य ढंगबाट चपिस्टिकले आफ्नो प्लेटको खानाको एक गाँस उठाएर राधाकृष्णनको प्लेटमा राखिदिए । माओलाई यसको अञ्दाज थिएन कि राधाकृष्णन पक्का शाकाहारी हुन् । राधाकृष्णनले पनि माओलाई यो आभास हुन दिएनन् कि उनले कुनै नाजायज काम गरेका हुन् ।

त्यसबेला राधाकृष्णनको औंलामा चोट लागेको थियो । चीनको यात्रा गर्नुपूर्व क्याम्बोडिया भ्रमणका क्रममा उनका एडीसीको गल्तीका कारण कारको ढोकाले उनको औंलो च्यापेको थियो, जसले गर्दा औंलाको हड्डी फुटेको थियो । माओले यो देखेपछि तुरुन्त आफ्नो डाक्टरलाई बोलाए र मल्हम पट्टी गराए ।

जब कुनै विदेशी राष्ट्राध्यक्ष चीन भ्रमणका आउँथ्यो, उससँग माओको भेटघाट पहिले नै तय हुँदैनथ्यो । माओलाई जब मन लाग्थ्यो, तब भेट्न बोलाइन्थ्यो, जसै उनमाथि माओले ठूलो उपकार गर्दैछन् ।

पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर आफ्नो आत्मकथा इयर्स अफ रिन्युअलमा लेख्छन्- म चिनियाँ प्रधानमन्त्री चाउएनलाईसँग कुरा गरिरहेको थिएँ, अचानक उनी भनिरहेका थिए कि चेयरम्यान माओ तपाईको प्रतिक्षा गरिरहनुभएको छ । उनलाई यो कुराको सरोकार थिएन कि हामी उनलाई भेट्न तयार हौं या नहोऔं । हाम्रो साथमा कुनै अमेरिकी सुरक्षाकर्मीलाई जाने इजाजत थिएन । जब हाम्रो माओसँग भेट हुन्थ्यो तब प्रेसलाई बताइन्थ्यो कि यस्तो भयो ।

किसिन्जर अगाडि लेख्छन्- हामीलाई सीधै माओको अध्ययन कक्षमा लगिन्थ्यो । त्यसका तीनवटा भित्ताहरु किताबले भरिएका हुन्थे । अगाडि एउटा सेपको मेच हुन्थ्यो, जहाँ जस्मिन टी को प्लाला राखिएको हुन्थ्यो । छेउमा थूकदानी हुन्थ्यो । मेरा सुरुका दुईवटा भेटमा त त्यहाँ एउटा स्त्रीको पलङ पनि थियो । दुनियाँको सबैभन्दा धेरै जनसंख्यावाला देशका सबैभन्दा शक्तिशाली शासकको स्टडी रुममा कमसेकम मैले विलासिता एवं बादशाहको प्रतीकको एउटा झलक पनि देखिनँ । कोठाको वीचमा रहेको कुर्सीमा बसेका माओले उठेर मलाई स्वागत गर्थे । उनलाई मद्दत गर्नका लागि उनको छेउमा दुई महिला एटेन्डेट खडा हुन्थे । उनी मेरो सामुन्ने मुस्कराउँदै यस्तो गहिरो दृष्टि लगाउँथे कि खबरदार गरिरहेका छन् कि यो छलकपटको च्याम्पियनलाई मूर्ख बनाउने कोसिस गर्नु बेकार छ । जब १९७१ मा जब राष्ट्रपति निक्सनले माओसँग विश्वको कुनै घटनाका बारेमा बातचित गर्न चाहे, तब माओ बोले बातचित ? यसका लागि त तपाईले हाम्रो प्रधानमन्त्रीसमक्ष जानुपर्छ । मसँग त तपाई केवल दार्शनिक मुद्दाहरुमा कुरा गर्न सक्नुहुन्छ ।

माओका डाक्टरका रुपमा काम गरेका जी शी लीले माओको निजी जीवनका बारेमा बहुचर्चित किताव लेखेका छन्, द प्राइभेट लाइफ अफ चेयरम्यान माओ । उनी त्यसमा लेख्छन्- माओले आफ्नो जीवनमा आफ्ना दाँतमा कहिल्यै ब्रस गरेनन् । जब उनी बिहानै उठ्थे, दात सफा गर्नका लागि उनले चियाले कुल्ला गर्थे । एक समय यस्तो आयो कि उनका दाँतहरु हरियो रंगले पेन्ट गरेजस्तै देखिन थाले ।

माओलाई नुहाउन पनि झण्झट लाग्थ्यो । हो, उनी पौडी खेल्नमा शौखिन थिए । र, आफूलाई तरोताजा राख्न तौलियामार्फत स्पन्ज बाथ लिने गर्थे । ली लेख्छन्- निक्सनसँग भेटघाटका बेला माओ यति मोटाएका थिए कि उनका लागि नयाँ शुट सिलाइएको थियो, किनभने उनका पुराना शुटहरु फिट भएनन् । उनकी नर्स जाऊ फ्यु मिङले उनको दाह्री बनाइन् र कपाल काटिदिइन् । निक्सनसँग उनको भेटघाट केवल १५ मिनेट निर्धारित थियो । तर, यो भेटघाट ६५ मिनेटसम्म चल्यो । जब निक्सन कोठाबाट बाहिर निस्के, माओले शुट खोलेर आफ्नो पुरानो बाथ रोब पहिरिए । माओ त्यसो त जुत्ता लगाउँदैनथे, लगाए पनि कपडाका लगाउँथे । औपचारिक अवस्थामा जब उनले छालाका जुत्ता लगाउनुपथ्र्यो, पहिले उनले सुरक्षाकर्मीलाई ती जुत्ता लगाउन दिन्थे, ताकि खुकुलो बनोस् ।

माओका अर्का एक जीवनीकार जंग चेइङ्ग लेख्छन्- माओको गज्जबको स्मरण शक्ति थियो । पढ्न लेख्नमा उनी बडो शौखिन थिए । उनको शयन कक्षमा उनको पलङको आधा भाग एकफुट उचाइसम्म चिनियाँ साहित्यिक किताबहरु हुन्थे । उनको भाषण या लेखनमा अक्सर ती किताबबाट उद्धरणहरुको प्रयोग गरिएको हुन्थ्यो । उनी अक्सर पुराना कपडा लगाउँथे उनका मोजा प्वाल गरेका हुन्थे ।

सन् १९६२ को भारत चीन युद्धमा माओको धेरै ठूलो भूमिका थियो । उनी भारतलाई सबक सिकाउन चाहन्थे ।

चीनमा भारतका कूटनीतिज्ञ रहेका लखन मेहरोत्रा बताउँछन्- भन्नका लागि त चीनले यो भन्यो कि भारतको साथ लडाइँ हुनुमा उसको पूर्वनीति जिम्मेवार थियो, तर माओले दुई वर्ष पहिले १९६० मै भारतको विरोधमा रणनीति बनाउन सुरु गरेका थिए । यहाँसम्म कि अमेरिकालाई समेत सोधे, यदि हामी कुनै देशविरुद्ध युद्धमा जानुपर्‍यो भने के अमेरिकाले ताइवानमा यसको हिसाब चुक्ता गर्छ ? अमेरिकाको जवाफ थियो कि तपाई चीन वा त्यसबाहिर जे पनि गर्छौ, त्यसमा हामीलाई कुनै मतलब छैन, हामी केवल ताइवानको सुरक्षाका लागि प्रतिवद्ध छौं ।’

लखन मेशरोत्रा अगाडि बताउँछन्- अघिल्लो साल माओले यही कुरा खु्रश्चेभलाई सोधे । त्यस जमानामा तिब्बतको सारा तेल रुसबाट आउँथ्यो । उनलाई डर थियो कि यदि भारतसँग लडाइँ भयो भने रुसले पेट्रोलको सप्ताइ बन्द नगरिदेओस् । उनले ख्रुस्चेभबाट यो वचन लिए कि उसले यसो गर्ने छैन र उनले बताइदिए कि भारतसँग उसको गहिरो मतभेद छ । ख्रुश्चेभले माओसँग सौदा गरे कि तपाई संसारमा हाम्रो विरोध गरिरहनुभएको छ, तर जब हामी क्युबामा मिसाइल पठाउँछौं, तपाई त्यसको विरोध नगर्नोस् । ख्रुश्चेभलाई यो पूरै अञ्दाज थियो कि चीनले भारतमाथि हमला गर्न सक्छ । यहाँसम्म कि मिग युद्धक विमानको सप्लाइका लागि हाम्रो ऊसँग सम्झौता भएको छ । तर जब लडाइँ शुरु भयो, रुसले त्यो विमान भारत पठाउनमा ढिलाइ गर्‍यो । तर, रुसले चीनको पेट्रोलको सप्लाइ रोकेन । पछि जब खु्रश्चेभलाई यो प्रश्न सोधियो, उनले जवाफ थियो, भारत हाम्रो मित्र हो तर चीन हाम्रो भाइ हो ।

सन् १९६५ मा भारत पाकिस्तान युद्धपछि चीनको राष्ट्रिय दिवसको अवसरमा त्यहाँको विदेश मन्त्रालयले एक राजकीय भोजको आयोजना गर्‍यो, जसमा माओ पनि उपस्थित थिए । यस अवसरमा दिएको भाषणमा पाकिस्तानमाथि भारतले आक्रमण गरेको बताइयो । भोजमा भारतको प्रतिनिधित्व गरिरहेका जगत मेहताको टेवलमा जानीबुझी यो भाषणको अंग्रेजी अनुवाद राखिएन, ताकि उनी यो भाषणलाई बुझ्न नसकुन् । उनले आफ्नो छेउमा बसेका स्वीस राजदूतको सामुन्नेमा फ्रेन्च भाषामा राखिएको भाषण पढे । र भोजबाट तुरुन्त ‘वाक आउट’ गर्ने निर्णय लिए । चिनियाँहरुले यसलाई आफ्ना सर्वोच्च नेताको ठूलो अपमान गरिएको ठाने । बाहिर निस्किएपछि जगत मेहताको कारलाई अगाडि बढ्न दिइएन र उनीसहित उनकी पत्नी रमा आधा घण्टासम्म नेशनल पिपुल्स हलको सिँढीमा कडा चिसोमा ठिंगुरिनुपर्‍यो ।

सन् १९७० मा मे दिवसको अवसरमा बेइजिङस्थित सबै दूतावासका प्रमुखलाई तेनमेन स्क्वायरको प्राङगणमा बोलाइएको थियो । अध्यक्ष माओ पनि त्यहाँ उपस्थित थिए । राजदूतको लहरमा अन्तिममा उभिएका भारतीय राजदूत ब्रजेश मिश्रका नजिक पुगेर माओले भने- राष्ट्रपति गिरि र प्रधानमन्त्री इन्दिरा गान्धीलाई मेरो अभिवादन सुनाइदिनु होला ।

माओ थोरै रोकिए र फेरि बोले- हामी आखिर कहिलेसम्म यसरी लडिरहन्छौं ?’ यसपछि माओले आफ्नो प्रशिद्ध मस्कान छाडे र ब्रजेश मिश्रसँग पूरै एकमिनेटसम्म हात मिलाइरहे । यो चीनको तर्फबाट पहिलो संकेत थियो कि ऊ पुराना कुरा भुल्नका लागि तयार छ । आफ्नो मृत्यको तीन महिनाअघिसम्म माओले विदेश नेताहरुलाई भेटिरहे । तर, उनी त्यसबेलासम्म धेरै खराब अवस्थामा पुगिसकेका थिए । जब थाइल्याण्डका प्रधानमन्त्री उनको कोठामा घुसे, तब उनले घुरिरहेको आवाज सुने ।

सिंगापुरका प्रधानमन्त्री ली क्वान यु जब माओलाई भेट्न पुगे, तब उनले देखे कि माओको शीर कुर्सीमाथि झुलिरहेको थियो । र, उनको मुखबाट थूक निस्किइरहेको थियो ।

जव माओले पाकिस्तानकी प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोसँग आफ्नो भेटघाटको तस्वीर देखे, त्यसपछि उनले तय गरे कि अब उनले कुनै विदेशी पाहुनासँग भेट्ने छैनन् । यसको तीन महिनापछि माओको निधन भयो ।

२०७५ पुष ११,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको