आमाको कथा ‘म चरी भए बिचरी’


माया मगर । सबै प्राणीमा दया, माया र भाव हुन्छ । दया, माया र भाव बिनाको बस्तु निर्जीव हुन्छ । हरेक प्राणीको जन्मदाता आमा हुन्छन । आमा बिनाको सन्तान कस्तो हुन्छ कल्पना पनि गर्न सकिदैन ।

तर आमा बिहिन बिचरीको सानो कथा सुनाउदै छु, कथाको शिर्षक छ ‘म चरी भए बिचरी’ ।

गन्तव्य बिहिनको यात्रा रहेछ जिन्दगी !

मेरो आफ्नै सानो संसार छ । मेरा पनि सुनौला सपनाहरू थिए । मानिसको जस्तै परिवार थियो । म मेरो परिवारमा खुसी अनि सुखी थिए । म भित्र पनि एउटा सानो मुटु छ, जुन हरक्षण, हरपल कसैको यादमा धड्की रहेको छ ।

ति यादहरु थिए, मेरा बचेराहरु….!

एका बिहानै म मेरा नानी बाबूहरुको लागि आहारा खोज्न हिडे । आँखा पनि नखुलेका अनारी बचेराहरुको लागि दानापानी खोज्दै नौ डाँडापारी पुगेको थिए ।

निकै संघर्ष पश्चात आहार पनि पाए र फर्किदै थिए ।

मेरो सानो संसार (गुड)को नजिक पुग्दै थिए । त्यहि एक जना मानिस भेटियो । उसलाई नदेखेको पनि होइन तर मलाई थाहा थिएन कि ऊ ‘सिकारी’ हो, र मेरै पर्खाइमा कुरेर बसेको छ ।

मानिस पनि त म जस्तै प्राणि हो । ऊ संग पनि दया छ, माया छ, भावना छ ।

मेरो जस्तै उस्को पनि सुनौलो संसार होला । उसका पनि मेरा जस्तै चिचिला होलान । यस्तै सोचेर म गन्तव्य नजिक पुग्दै थिए । किन कि मेरा बचेराहरुलाई रुझाउनु थियो, भोक प्यास मेटाउनु थियो ।

तर अचानक पापी सिकारीले मलाई बाणले हान्यो । उसको बाणको तीरले मेरो एक पखेटा चुडाली दियो र अनि म उड्ने सहारा बिहिन भए ।

फेरिपनि मेरा बचेराहरुका लागि म एक पखेटाले उडी रहे तर धेरै सकिन र भुइँमा बजारिए । सिकारी पछी पछी दौड्दै आएको रहेछ । मेरा सन्तानको भोक प्यास मेटाउन हिडेकी म, अब उप्रान्त बचेरा बस्ने गुडमा पुग्न मुस्किल परिरहेको थियो।

पापी सिकारीले झनै ठुलो चोट दियो, म सदाको लागि निन्द्रामा परे । निदाउदा पनि मेरो सानो संसारको पिडामा छटपटाउदै निदाए । अहिले सपनी देख्छु सायद मेरो सानो संसार भताभुङ्ग भयो होला । चरिहरु बिचरी भए होलान ।

कथा थियो ‘भगेरि चरीको प्राण लियो पापी सिकारीले’ ! हामी मानव हौ र हामी संग दया माया र भावना छ भने पशु पंक्षीको हत्या नगरौ ।

२०७५ पुष ११,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको