सल्यानको राप्ती राजमार्गमा ४९ करोड बजेट विनियोजन


मंसिर १०, सल्यान । दाङको तुलसीपुर देखि सल्यान सडकखण्डको राप्ती राजमार्गमा ४९ करोड बजेट विनियोजन गरिएको छ ।

संघिय सरकारबाट सडक पुनर्निर्माणका लागि ४९ करोडको योजना स्वीकृत भएको हो । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री तथा सल्यान ‘ख’ निर्वाचन क्षेत्रका सांसद प्रकाश ज्वालाको निरन्तर प्रयासपछि विनियोजन गरिएको भनिएको यो बजेटले सडक चौडा गर्ने मुल लक्ष्य लिइएको र दर्जनौ ठाउँमा वाल उठाएर सडक चौडा गरिने बताइएको छ ।

बजेट विनियोजन गरिए सँगै सल्यान, रुकुम र दाङका लागि निकै उपयोगि राप्ती लोकमार्ग अन्तर्गतको दाङ तुलसीपुर–सल्यान सडक खण्डले अब पूर्णता पाउने मन्त्री ज्वालाले बताएका छन् ।

सिंगल लेन रहेको यो सडक चौडा गर्ने र बजार क्षेत्रमा दुई लेन बनाउने उदेश्य राखिएको छ । कपुरकोट, लुहाम, श्रीनगर जस्ता बजारहरुमा दूई लेन बनाउने उदेश्य राखिएको बताइएको छ ।

१० मंसिर २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको