नेपाल प्रेस युनियन कालिकोटको अध्यक्षमा न्यौपाने निर्बाचित


मंसिर १०, कालिकोट । नेपाल प्रेस यूनियन कालिकोटको अध्यक्षमा पत्रकार बिस्नप्रसाद न्यौपाने निर्बाचित भएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखाको चौथो जिल्ला अधिवेशनबाट पत्रकार न्यौपाने निर्बाचित भएका हुन् । नेपाल प्रेस युनियन कालिकोटका कार्यबाह अध्यक्ष समेत रहेका न्यौपाने चौथो जिल्ला अधिवेशनबाट सर्बसहमत रुपमा अध्यक्षमा निर्बाचित भएका हुन् ।

यही मँसिर ८ गतेदेखि सुरु भएको अधिेबशनले बिस्नू न्यौपानेलाई अध्यक्ष पदमा सर्बसम्बद चयन गरी अधिबेशन सम्पन्न भएको हो ।

जसको उपाध्यक्षमा पूष्पराज भटराइ, महिला उपाध्यक्षमा बन्दना शाहि, सचिबमा प्रेमप्रकाश शाहि, कोषध्यक्षमा साधना शाहि, सह सचिब परेक न्यौपाने, महिला सह सचिब गिता बिष्ट, सदस्यहरुमा रमेश बोगटि, नबिन बिक अन्जु उपाध्याय र दिपक उपाध्याय निर्बाचीत भएका छन् ।

जम्मा ८३ जना सदस्य रहेको जिल्ला शाखाबाट प्रदेशमा २१ जना र केन्द्रमा १४ जना प्रतिनिधिहरु पनि छनोट भएको सचिव प्रेमप्रकाश शाहीले बताए ।

२०७५ मंसिर १०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको