युएईमा एउटै कम्पनीमा कार्यरत नेपालीले १२ लाख बढी मिर्गौला पिडितलाई सहयोग


रोशन गिरि, मनोज सुबेदि/मंसिर १०, युएई । युएईमा रहेको सेक्युरीगार्ड मिडिल इस्ट कम्पनिमा काम गर्दै आएका ३३ बर्षिय बिकाश गुरुङको दुवै मृगौला फेल भएपछि उक्त कम्पनीमा कार्यरत नेपालीहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

गोर्खा स्थित गण्डकी गाउँपालिका ६ का बिकाश गुरुङ केहि बर्ष देखि युएईमा रोजगार गर्दै आएका थिए । उनका दुवै मिर्गौला फेल भएपछी उपचारका लागि २६ अक्टोबरमा नेपाल फर्किए । हाल पोखरा गण्डकी हस्पिटलको बेड नम्बर ६ मा उपचार भैरहेको छ ।

बाबा जय बहादुर गुरुङ र आमा विन्दु माया गुरुङको जेठा सुपुत्र  हुन् बिकाश गुरुङ । उनको परिवार आर्थिक रुपमा कम्जोर छ ।

गुरुङ संगै सेक्युरीगार्ड मिडिल इस्ट कम्पनिमा कामगर्दै आएका नेपालीहरुले सयुक्तरुपमा बिकाश बचाउ अभियान चलाई आर्थिक सहयोग गरेका हुन् । उनको सहयोगका लागि आर्थिक संकलन अभियान १२ नोभेम्बर २०१८ देखि सुरुगरि युएईका बिभिन्न स्टेटमा रहेका आफ्नै कम्पनि शाखाहरुमा कार्यरत नेपालीहरुलाई सहयोगका लागि अनुरोध गरिएको थियो ।

सहयोग अभियानको बिशेष पहलकर्ताहरु ढक बहादुर श्रेष्ठ, नवराज ढकाल, गणेश देवकोटा, ललित कुमार मगर, जगत बस्नेत, ऋतु लामा लगायत अन्य साथीहरुको भूमिका रहेको थियो । उनीहरुको पहलमा कम्पनिकै विभिन्न क्याम्पमा रहेका नेपालीहरुले रु. १२ लाख १२ हजार ४ सय ९० रकम उठाएका थिए ।

सेक्युरीगार्ड मिडिल इस्ट कम्पनिमा काम गर्ने नेपाली कामदारहरुले मात्र यति धेरै रकम उठाएका थिए । कम्पनीमा करिव ५ देखि ७ हजारसम्म नेपाली कामदारहरु रहेको उक्त कम्पनीमा कार्यरत रोशन गिरिले बताए ।

सहयोगका लागि उठेको सम्पूर्ण रकम बिकाश गुरुङको आफ्नै बैंक खाता नम्बरमा (०१६०७६५८०७००१६, हिमालय बैंक) जम्मा गरि सकेको अभियन्ता गिरीले बताए । गुरुङको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको हुँदा महंगो खर्च लाग्ने पारिवारिक स्रोतले जनाएको छ ।

सहयोगका लागि पीडितका भाई सुरेश गुरुङ (+९७७ ९८१ ६६० ६०८०) संग सम्पर्क गर्न सक्नुहुनेछ । पिडित उनको बैंक खाता ६११००१७५००३६५, नबिल बैंक लिमिटेड (स्विप कोड NARBNPKA विदेशबाट पठाउन) रहेको छ ।

समाचारका लागि सोहि कम्पनीमा कार्यरत रोशन गिरि र मनोज सुबेदिको सहयोगमा यो रिपोर्ट तयार पारिएको हो ।

१० मंसिर २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको