प्रवासबाट नेकपाको जनसभालाई नियाल्दा


समर्पण भट्टराई/पोष्टपाटी, मलेसिया । नेपाली राजनीतिक इतिहास पल्टाएर हेर्दा २००७ साल देखि आज सम्म जनताले आन्दोलन र संघर्षमा जित्ने तर गद्दार नेतृत्वले सम्झौतामा हराइदिने प्रक्रियाको निरंतरता भएको छ । जसरी काङ्ग्रेस एमालेहरु सम्झौतामा गएर सैद्धान्तिक पतन भएर पुन २०५२ साल फाल्गुन १ गतेबाट तत्कालीन नेकपा माओवादी सुरुवात गरेको महान जनयुद्ध पनि विजया निकट पुगेको थियो ।

विडम्बना भनौ फेरी पनि विभिन्न सम्झौता गर्दै गद्दार नेतृत्वले एक पछि अर्को आत्मसमर्पणको बाटो रोज्यो । सेना सत्ता हतियार सम्पुर्ण कुरा प्रतिक्रियावादी राज्य सत्तालाई बुझाएर प्रचण्ड बाबुराम आफुहरु पनि दलाल सत्ताका असली मतियार भयौ भनेर व्यवहारिकरुपमा पुष्टि गरे ।

त्यही बेला नेत्र विक्रम चन्द ‘विप्लव’ले आफ्नै पहल कदमी लिएर क्रान्ती झण्डा उठाउने प्रण गरेको दिन हो मंसिर आठ । पार्टी पुनर्गठन गरेको उक्त दिनको अवसरमा काठमाडौमा नेकपाले आयोजना गरेको खुल्ला जनसभा रोक्न र विथोल्न दुई तिहाई सरकार र राम बहादुर थापा गृहमन्त्री रहेको गृहप्रशासनले आफ्नो औकात र क्षेमताले सके सम्म कार्यक्रम गर्न नदिने कोसिस गरे ।

अबरोधका बाबजुद पनि यति ठूलो संख्यामा जनताको उपस्थिति रहयो र विशाल कार्यक्रम भयो । त्यो बाट खपु सरकारको निध हराम भएको छ भने तिनका भरौटेहरुको होस उढेको छ । यस्ले के कुरा पुष्टि भयो भने जनता क्रान्ति परिवर्तन चाहान्छन ।

दलाल सरकार संसदीय राज्य व्यवस्थाको औचित्य माथी प्रश्न खडा भएको छ । समग्रमा दलाल फासिवादी सत्ता विरुद्ध त्यो प्रतिरोध संघर्षको एउटा ट्रेन्च थियो ।

दुर्वल पक्ष

कार्यक्रमको थोरै समिक्षा गर्न आवश्यक ठान्दछु । नेकपाको स्थापना, यस्को गरिमा र महत्त्व बारे जे जति कुरा आवश्यक थियो त्यो पर्याप्त आएन । राज्य दमन अर्थात नेताकार्यकर्ता माथि राज्य किन दमनमा उत्रीयो भन्ने कुरा भृकुटीमण्डप र जनता बुझ्न् चाहान्थे । त्यसको सैद्धान्तिक र ब्यबहारिक ब्याख्या पुगेन ।

कार्यक्रम स्थान प्रयाप्त नहुँदा उचित ब्यबस्थापन भएन । महासचिव विप्लव किन उपस्थित हुनु भएन भन्ने कुरा आम नेपाली जनताको चासो विषय थियो यो बारे कमजोरी रह्यो । समग्रमा अब नेकपा ले के गर्न चाहेको छ । अर्थात दलाल राज्य सत्ता विरुद्ध नेकपा कसरी प्रस्तुत हुन्छ ।

बैज्ञानिक समाजवाद प्राप्त गर्नको निम्ति नेकपा कसरी अगाडि वढछ भन्ने वारे सिङ्गो सर्वहारा श्रमजीवी वर्ग जान्न उस्सुक थियो । यस्तै अधुरो बीच कार्यक्रम सबै हिसाबले सफल बन्यो । दलाल सरकार र तिनका मतियारहरुले आकलन गरेको भन्दा सयौ गुणा ठूलो जनताको उपस्थिति सहित सभ्य र भब्य रूपमा कार्यक्रम सम्पन्न मात्रै भएन । फासिवाद उन्मुख दलाल सरकारको भविस्य माथी समेत खुल्ला रूपमा दिन गन्ती सुरु गरेको छ ।

दमन र धरपकडबाट क्रान्ती रोकिन्न भन्ने गर्विलो संदेश नेपाली जनतालाइ दिन सफल भएको छ, भने दलाल सत्तालाई उनिहरु कै हेडक्वाटरबाट खुल्ला चुनौती दिन सफल भएको छ ।

१० मंसिर २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको