भूमिगत आँकडालाई चिर्दै विप्लव नेतृत्वको नेकपाले काठमाडौँमा बिशाल जनसभा गर्ने


कार्तिक ९, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाडौँमा बृहत जनसभा गर्ने भएको छ ।

पछिल्लो समय नेकपा अब भूमिगत हुन्छ भन्ने आम मानिसको भ्रमलाई चिर्दै उक्त पार्टीले खुल्ला जनसभा गर्ने घोषणा गरेको हो । खुल्ला जनसभामा सहभागी हुन सबैलाई आह्वान गर्दै नेकपाले एक पोष्टर जारी गरेको छ ।

मङ्सिर ८ गते पार्टीले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका र सरकारको वार्ता-चर्चाबारे पार्टी नीति सार्वजनिक गर्न उक्त सभा गर्न लागिएको नेकपा स्राेतले जनाएको छ ।

सम्पूर्ण कम्युनिष्ट वामपन्थी देशभक्त र लोकतान्त्रिक शक्तिलाई उक् जुट हुन् अनुरोध गर्दै बैज्ञानिक समाजवादका लागि संघर्ष गर्न आह्वान समेत गरिएको छ ।

मंसिर ८ गते काठमाडौं जाउ, जानसभामा सहभागी बनौं भन्ने पोष्टर नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिले सार्बजनिक गरेको हो ।

यद्यपि कार्यक्रमको सम्बोधन कस्ले गर्ने ? विप्लव स्वयं उपस्थित हुने वा नहुने भन्ने बारे केहि खुलाइएको छैन ।

सोही प्रयोजनको लागि निकालिएको पोस्टर –

२०७५ कार्तिक ९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको