असोज १०, मलेसिया । नेपालीहरुको वैदेशिक रोजगार अन्तर्गत मुख्य गन्तव्य मध्य एक हो मलेशिया । पछिल्लो विवरण अनुसार ५ लाख भन्दा माथी नेपाली कामदार रहेको अनुमान छ ।
पछिल्लो समय मलेसियाको राजनीतिक परिवर्तनसंगै आप्रवासी कामदार नितिमा पनि परिवर्तन भएको छ । यो नीतिसंगै अवैधानिक नेपाली कामदारलाई ३+१ प्रक्रिया अन्तर्गत घर फिर्ती हुन मलेसिया सरकारले दिएको समयसिमा पनि सकिएको छ ।
तर केही अबैधानिक नेपाली कामदारलाइ घर फिर्तिमा सहजीकरण गर्ने भन्दै तत्कालीन नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पिटि सेर्पा पिनासाले १६ जना नेपाली कामदारबाट पैसा लिएर घर पठाउनुको सट्टा बन्दक बनाएर राखेको घटना सार्वजनिक भएको छ ।
सेर्पाले प्रति कामदार २ हजार रिङ्गेट देखि ४ हजार रिङ्गेटसम्म लिएर करिब डेढ महिनादेखि विभिन्न आश्वासन देखाउदै आफ्नै रुममा राखेको घटना पिडितको उजुरीपछि सार्वजनिक भएको हो । घर फिर्ती अभियानको समय सिमा सकिएपछि पनि आफुरुलाई बन्दक बनाएर राखेको भन्दै पीडितहरुले नेपाली राजदुतावास मलेशियामा उजुरी दिएका छन ।
नेपाली राजदुतावासमा दुई चरणमा १६ जनाले उजुरी गरेपनि दूतावासले यस बिषयमा औपचारिक कुनै पहल नगरेको पिडितहरुको गुनासो छ । यता पीडितहरुलाई भने सेर्पाले विभिन्न बहानामा डर र धम्की देखाइ बन्दक बनाइ राखेको खुल्न आएको छ ।
पिडितहरुले आफ्नो जिबन खतरामा परेको भन्दै जीवन् रक्षाको मागसहित तत्काल नेपाल फर्काइदिन सार्वजनिक अपील समेत गरेका छन । यस बिषयमा नेपाली राजदुतावास मलेशियाको कार्यालयमा बुझ्दा बन्दक बनाइएका पीडित आफै गएर मलेशिया प्रहरीलाई उजुरी दिनु पर्ने अन्यथा दूतावास आफैले कुनै पहल गर्न नसक्ने गैरजिम्मेवारि पुर्ण जवाफ दिएको छ ।
दूतावासको यस्तो जवाफबाट पीडितहरु झन पीडित भएको र नेपाल सरकारको आधिकारिक निकायबाट पनि आफुहरुको समस्या समाधान नहुने अविब्यक्तीले आफूहरु झनै दुखि बनेको एक पीडितले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन ।
प्रतिक्रिया दिनुहोस