असल क्षेत्री रिहा भएलगतै पुनः पक्राउ, मकवानपुर लगिँदै


असोज १०, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं केन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘असल’लाई अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

‘विष्फोटक पदार्थ’ को मुद्दा लगाइएका असललाई भदौ ४ गते रुपन्देही जिल्ला अदालतको न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी रकम नबुझाउँदा उनलाई सोही दिन सिद्धार्थनगरस्थित जिल्ला कारागारमा चलान गरिएको थियो ।

आज धरौटी रकम बुझाएर बाहिर निस्कने बित्तिकै इलाका प्रहरी कार्यालय बुटवलबाट गएको प्रहरीको टोलीले गिरफ्तार गरेकाे हो । आज रात यही राखेर भोलिनै मकवानपुर प्रहरीको जिम्मा लगाइदिने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मकवानपुरको पालुङस्थित ‘आगजनी’ गरेर ‘संगठित अपराध’ गरेको अभियोग असलमाथि रहेकोले मकवानपुर पैठाउन लागिएको कार्यालयले जनाएको छ । साथै असलमाथि कालिकोटमा पनि बम विष्फोट अभियोग रहेको कुरा रुपन्देही जिल्ला अदालतमा यसअघि बहसमा प्रस्तुत गरिएको अभियोगपत्रमा खुलासा कार्यालयले गरेको छ ।

असललाई पार्टी कामको सिलसिलामा सल्यानबाट काठमाडौं गइरहेको बेला गएको भदौ ५ गते धादिङको नौबिसेबाट सादा पोशाकका नकावधारीको एक दर्जनको प्रहरी टोलीले बसबाट ओरोलेर गिरफ्तार गरेको थियो । त्यसपछि भोलिपल्ट बिहान ९ बजेतिर काठमाडौंको टेकु प्रहरी कार्यालयबाट सार्वजनिक गरियो । गिरफ्तार रातभर चरमरुपमा शारीरिक यातना र मानसिक यातना दिइएको थियो । यातनाबाट असलको टाउको र पैदलमा गहिरो चोट लागेको छ । उपचारको अभावमा उनी अहिले उभिन र सिधा बस्न सक्दैनन् ।

त्यसको भोलिपल्ट ७ गते बुटवल उपमहानगरपालिका–२ स्थित जितगढी किल्लास्थित फुलबारीक्षेत्रभित्र रहेको भारतीय पेन्सन क्याम्पमा ‘बम विष्फोट’को अभियोगमा बुटवल लगिएको थियो । उनलाई त्यहाँ आन्तरिक उडानबाट भैरहवा अवतरण गराई लगिएको थियो ।

१० आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको