छापा मार्न आउने छन् लालसेनाहरु


हामीलाई नाच्न पनि आउँछ
हामीलाई नचाउन पनि आउँछ
हामीलाई खुट्टा भाच्न पनि आउँछ
हामीलाई जोडनपनी आउँछ
बिद्रोहको ओल्डिङले
तिम्रो कन्चटमा बन्दुकको नाल ।

झुटामुद्दा लगाएर जसरी घुमायौ तिमिले
निर्दोसहरुलाइ
कहिले नुवाकोट
कहिले बर्दिया बाँके त
कहिले संखुवासभासम्म !
उसैगरी तिमिलाइ अब हामी घुमाउनेछौ
कालिकोटको जनसरकार देखि
रुकुमको जनअदालत सम्म !
रातिराती छापामार्न आउनेछ्न लालसेना
तिम्रो महलहरुमा !
हो हामीलाई पनि नाच्न आउँछ
हामीलाई नचाउन पनि आउँछ !!

तिम्रा मेयरहरु
तिम्रा मन्त्रिहरुसंग
हाम्रा घर जोडिएका छन्
तिम्रा वडाकार्यलयहरु जलाउन
हामीलाई एउटा प्लाटुन चाहिदैन
नपत्याय हेर केहि समयपछि
मुख्य मन्त्रीहरुले निन्द्रा
खोज्नुपर्ने छ सब्दकोषमा ।

यातनाको चोक्टाले
नदेखाउ यार
मृत्युको ध्वाँस ?
हामी त हजार मृत्युको माला लगाएर हिंड्ने
कमरेड हौँ !
तिमिसंग भएको हतियार
हाम्रा खेलौना हुन्
खिया लागेपछी ग्रिनेटहरु
बुझाएका हौँ तिमीलाई
हो हामीलाई उल्टो पनि आउँछ
हामीलाई सुल्टो पनि आउँछ
हामीलाई नाच्न पनि आउँछ
हामीलाई नचाउन पनि आउँछ ।

मनमा आगो बल्दाबल्दै पनि
हामी गाइरहेछौं
सितलताको गित
देशलाई समृद्धि चाहिएको छ
देसलाइ समाजबाद चाहिएको छ
युद्ध हाम्रो चाहाना होइन
परिबर्तन हाम्रो माग हो ।
यदि कुल्चिएर हाम्रो संयमतालाई
घोषणा गर्छौ भने युद्द
जमि बस्ने छैनन
हाम्रा हातहरुमा पनि दहि ।

हो हामीलाई नाच्न पनि आउँछ
हामीलाई नचाउन पनि आउँछ
हामीलाई उल्टो पनि आउँछ
सुल्टो पनि आउँछ ।

२०७५/६/१०

१० आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको