नेकपा रोल्पाका सेक्रेटरी सन्तोष सुबेदी रिहा


असोज १०, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुबेदी ‘प्रयास’लाई जिल्ला प्रसासन कार्यालय रोल्पाले रिहा गरेको छ ।

सुबेदीलाई बुधबार बेलुका रिहा गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका कार्यबाहक सेक्रेटरी लाल बहादुर ओली ‘बिश्व’ले पोष्टपाटीलाई जानकारी दिए ।

सुवेदीको गिरफ्तारी गैर न्यायिक भएको भन्दै आज (बुधबार) जिल्ला वन्दको आह्वानसंगै जिल्ला भरका सम्पूर्ण वडा कार्यालयहरुमा समेत तालाबन्दी गरेको थियो । आफ्नो पार्टीका जिल्ला सेक्रेटरी प्रयासलाई प्रहरीले नछोडेसम्म वडा कार्यालयहरुलाई कामकाज गर्न नदिने नेकपा रोल्पाले चेतावनी समेत दिएको थियो छ ।

पार्टी अभियानका शिलसिलामा रोल्पा नगरपालिका १० धवाङ पुगेका सुवेदीलाई केही दिन अघि सोही स्थानवाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिनिधि सभा निर्वाचनका क्रममा यस अघि पनि लामो समय हिरासत वसेर रिहा भएका सुवेदीलाई प्रहरीले पुनः पक्राउ गरेको थियो । सन्तोष तत्कालिन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा हुन ।

उनी केही वर्ष अघि तत्कालिन नेकपा माओवादी केन्द्र परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

१० आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको