असोज १० रोल्पा । पश्चिम रोल्पाको मुटु माडी गाउपालिका २ घर्तीगाउबाट प्रशारण भइरहेको माडी बहुउद्देश्यीय समाज केन्द्र रोल्पाद्वारा संचालित रेडियो माडी आवाजले पहिलो बार्षिकोत्सव मनाएको छ ।
रेडियोले पहिलो बर्ष पुरा गरेको अबसरमा आज घर्तीगाउँमा औपचारिक कार्यक्रम गरेर बार्षिकोत्सब मनाएको हो । संस्थाका अध्यक्ष भरत बहादुर बुढा मगरको अध्यक्षतामा एबम प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य पुनले सञ्चारमाध्यम र सँचारकर्मी मर्यादित र जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । सूचनाको हक आम नागरिकलाई भए पनि उपभोग र प्रयोग गर्दा अरुको हकअधिकार हनन् हुन नदिन आग्रह गर्नुभएको थियो ।
ग्रामीणक्षेत्रमा रेडियो सञ्चालन गर्न कठिन बिषय भएको भन्दै प्रदेशसभा सदस्य पुनले बस्तीको बिकास र बस्तीको चेतनास्तर बृद्धि गर्न भुमिका खेल्नुपर्ने पनि बताउनुभएको थियो । यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष भरतबहादुर बुढा मगरले रेडियोले जनताको सुचनाको हकलाई मर्न नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।
रेडियो जिम्मेवार रहेको भन्दै श्रोता माझलाई जिम्मेवार ढंगले प्रस्तुत भइरहेको बताउनुभएको थियो । रेडियोले आगामी दिनमा पनि कार्यक्रमलाई गुणस्तरिय बनाउँदै लैजाने बताउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिं बिक, सामुदायिक रेडियो प्रसारक संघका प्रदेश सदस्य सन्तोष शर्माले बोल्नुभएको थियो ।
माडी बहुउद्धेश्यीय समाज बिकास केन्द्र रोल्पाद्धारा ०७५४ असोज १० गते स्थापना भएको सामुदायिक रेडियो माडी आवाज एफ एम ९८.६ मेघाहर्जको पहिलो बार्षिकोत्सबमा बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानिय बुद्धिजिवि, इलाकास्तरमा रहेका सरकारी तथा गैरसरकारी सस्थाका प्रमुख एवं प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।
सस्थाका उपाध्यक्ष कमानसिङ बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिब तथा रेडियोका स्टेशन म्यानेजर बुद्धिमान वलीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस