दशैको अग्रिम टिकट बुकिङ अनलाइनबाट


असोज १० काठमाडौं । नेपालको एकमात्र अनलाइन बसको टिकट टिकट बिक्री गर्ने माध्यम बससेवा डटकमले दशैको लागि अग्रिम टिकट बुकिङ पनि अनलाइन बाट गर्न सकिने भएको छ । अनलाइन बाट बसको टिकट बेच्दै आएको बससेवा डटकमले दशैको अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो। दशैमा घर गएका यात्रुहरुले पनि बससेवा डटकम बाट अनलाइन टिकट काटेर फर्कन सक्ने छन।बससेवाको वेबसाइट र मोबायल एप्सबाट टिकट खरिद गर्न सकिने छ ।

बससेवाबाट नेपालका अधिकांश रुटहरुको टिकट काटन सकिने छ । बससेवा डटकममा सय भन्दा बढि यातायात समिति र कम्पनी हरु रहेका छन् । यो बससेवा बाट टिकट बुकिङ गर्दा इसेवा को एकाउन्ट भएकाले इसेवा बाट र एकाउन्ट नभएकाले इसेवा जोन तथा पोनइन्टबाट रकम तिर टिकट काटन सक्नेछ । यातायात व्यवसायी सँगको छलफल पछि अनलाइन टिकट बुकिङ सुरु गरेको बससेवा का प्रमुख कार्यकारी अधिकृत पिआर खनालले जानकारी दिनुभयो ।

१० आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको