जेलमुक्त प्रकाण्डलाई पुर्ब जनमुक्ति सेनाको मार्मिक पत्र


आदरणीय कमरेड प्रकान्ड क्रान्तिकारी रातो सलाम ।

तपाईंहरुले क्रान्तिको झन्डा उठाए संगै जनताको न्यानो माया साथ र सयोग चुलिदै जाँदा नेपालको इतिहासमा खुल्ला रूपमा न्याय अधिकार र जनवादको मागगर्न तपाईंहरुले चालेको हरेक कदम विरुद्ध जालझेल र षड्यन्त्रहरु निरन्तर भए।

प्रतिक्रियावादीहरुले तपाईंलाई कसरी बदनाम गर्ने भनेर प्रचार गर्दै आफ्नै अदालतको समेत उपहास गर्दै तपाईंलाई दिएको यातनाले खुनी राजतन्त्रको पुरानै झल्को दियो ।

कम्युनिस्ट सिद्धान्त र जनवादलाई संसदीय राजनितिक बेश्यालयमा बेचेर, बालुवाटारमा कम्युनिस्टको खोक्रो मुकुण्डो भिरेर गरिएको जालझेल सामान्य किसिमको पनि छैन ।

क्रान्तिको चर्चा सगै विश्वको ध्यान केन्द्रित भएको बेला तपाईं माथी गरिएको अत्याचार, जो सर्वोच्चले स-सम्मान रिहाई गर्दा पनि पटक पटक बिना कारण गिरफ्तार गर्दै जनतालाई भ्रमजालमा पारेर क्रान्तिकारी अस्तित्व नै समाप्त पार्ने रिमोट कन्ट्रोल बटनबाट निर्देसित निर्दय षड्यन्त्र हो ।

जो हिजो क्रान्ति गर्न सिकाउने महान योद्दाहरू बाटै भयो, जुन गद्दारहरुले गर्ने कालो हर्कत हो ।

आदरणीय कमरेड प्रकाण्ड 

प्रक्रियावादीहरुले जति नै यातना र हत्या गर्न खोजे पनि नेपाली कम्युनिष्ट आन्दोलनमा सर्वहारा वर्गको साथ रहेसम्म कसैले बिचारको हत्या गर्न सक्ने छैनन् । यो अकाट्य छ र अनिवार्य आवस्यकता पनि छ ।

पवित्र लक्ष्य महान यात्राको लागी सत्य र न्यायको पक्षमा तपाई रहेसम्म उत्साहका साथ सर्वहारा बर्ग जुट्ने छन् । तपाईंहरुको आगमनले सिंहदरवार भित्र र साम्राज्यवाद संग मोर्चा बन्दी चलेको होला र खैलाबैला मच्चिएको हो ।

संसदीय भ्रमजालमा राखेर क्रान्तिकारी इतिहास लाई नै धोस्त गर्ने योजना पहिलो आक्रमण तपाईं माथि भएको छ, तर त्यो असम्भव थियो, जसरि आज तपाईको जित भएको छ ।

तपाईं फलामे जन्जिरबाट मुक्त भएर आज खुल्ला आकाशमा आउनु भएको छ । यसले सच्चाईको अर्थ बुझाएको छ र प्रतिक्रियाबादीहरू कति झुठ र जालझेलकारी निरिहता हुन्छन भन्ने कुराको गतिलो पर्दाफास भएको छ ।

तपाईको रिहाईले फेरि एकपटक प्रतिक्रियावादीहरुलाई पत्ता साप गर्न सक्षम हुनुहुन्छ भन्ने विस्वास राखेका छौ । न्याय र अधिकार माग्दा क्रान्तिकारीको आवाजलाई बन्दकी बनाउने चेष्टा भएको छ । निर्दयहरुले राज गरिरहेको देशमा तपाईं हामीले उठाएको न्यायको आवाज सधैं निमुखा र मजदुरको हितमा रहिरहोस, रिहाइको स्वागत सगै झुपडीमा खुसियाली छाएको छ।

राज्य सत्ताले गरेको बिभेद साम्राज्यवादले भन्दा धेरै गुणा अत्याचार भएर जन्मिएको छ । मानव अधिकार लाई समेत चुनौती दिने तपाईंको गिरफ्तारी निकै पिडादायक थियो । राजतन्त्र भन्दा पनि निर्दय देखिने यो सरकारको यस्तो हर्कतले आफ्नो चिहान आफै खन्दै छ ।

प्रतिक्रियावादीहरुले जनतामाथि जबरजस्त शासन गर्दै जताततै बिभेद थोपार्न पहिलो निसाना क्रान्तिकारी पार्टी नै हुन्छ । जनताको चाहना र परिवर्तनका एजेन्डालाई कुनै पनि शक्ति र ताकतले रोक्न सक्ने छैन । जुन कुरा इतिहासले सिकाएको छ ।

जसले हिजो संगै क्रान्ति लड्न सिकाए, उसैलाई आज हत्कडी लगाए तर यसको हिसाब इतिहासले गर्ने छ ।

क्रन्तिकाती रातो सलाम सहित उहि पुर्ब जनमुक्ति सेना टिका राम ओली ।।

१० आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको