नेकपाको बन्दका कारण रोल्पा ठप्प, कार्यलयमा तालाबन्दी


असोज ११ रोल्पा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले असोज १० गते नेपाल बन्द आह्वानका कारण जिल्ला पूर्ण बन्द भएको छ, भने जनजीवन प्रभावित बनेको छ।

जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको गैर न्यायिक गिरप्तारीको विरोधमा जिल्ला वन्द आह्वानले यातायात देखि सार्बजनिक कार्यलयहरु बन्द भएका छन ।

जिल्लाभरिका शैक्षिक संस्थाहरु पनि बन्द रहेका छन्। सदरमुकाम लगायत जिल्लाका सबै बजार बन्द छन्।

बिप्लव कार्यकर्ताले सदरमुकाम लिवाङमा रहेको रोल्पा नगरपालिका–४ लगायत जिल्लाका अधिकांश वडा कार्यालयहरुमा समेत तालाबन्दी गरेका छन्।

नागरिक न्युज रोल्पा सम्बाददाता दिनेश सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसिले जिल्लाका केहि वडा कार्यालयमा ताला लगाएको जानकारी आएको बताए। वडा अध्यक्ष र प्रहरी संगको समन्वयमा ताला खोल्ने तयारी भइरहेको उनले बताए।

नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ लाई पक्राउ गरिएको वरोधमा नेकपाले बन्द आह्वान गरेको हो ।

१० आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको