‘चाकडीबाद: पाउमा हात’


‘म झुक्दै न झुक्ने नेपालको छोरो’ गोपाल योञ्जनको यो गित मजाले सुन्छु, अनी बीर पुर्खाको ईतिहाँस पल्टाएर हेर्छु, लाग्छ हामी अधिक विकाससिल भएका छौ ।

देश बचाउने अभियानमा नझुकेका नेपालीहरु राणा शासन देखि ताना शासन सम्म नझुकि साशन ब्यबस्था समेत पटक पटक विभिन्न तवर र तरिकाबाट फेर्दै आयौ । जहानिय राणा शासन, पन्चायती ब्यबस्था, राजतन्त्र, प्रजातन्त्र हुदै गणतन्त्र सम्म आईपुग्दा कता कता स्वाभिमानी हामी नेपाली जनताको झुकाव अलिकति बढ्ता नै भएको महसुस भईरहेको छ ।

जनता सामू विकासवादी भनेर आफ्नो गतिलो र चोटीलो अभिव्यक्ति प्रकट गर्नेहरु नसाको सुरा लिई मधुमासको रातमा लठ्ठ भईदिदा कत्ति विकास निर्माण अपुरा भएका छन । पाउमा हात राख्दै सन्चो बिसन्चो देखि खल्तिको हालखबर सोध्न भ्याउनेहरुले बर्गसंघर्षको नायक हु भनेर छाति पिट्ने हरुलाई पकट/मुट्ठीमा राख्न सफल भएका छन।

यहाँसम्म कि कार्य सम्पादन नियुक्ति, भर्णा, सहभागिता आदी जस्तो कार्यमा सिफारिस गर्न समेत भ्याएका छन र सिफारिस स्वीकृत संगै खल्तीको विसन्चो सुधार्न आतुर छन ति नायकहरु । बिड्म्बना गतिला पथ प्रदर्शक आउलान र गुजारामा चलिरहेको दैनिकि फेर्न सहज बाटो देखाई देलान भनेर कुरिरहेका ति निर्दोश बर्गहरु बिचल्लित र निरासा हुनथालिसकेका छन।

जातिय समावेसीताको नारा खुब बेजोडले घन्कीदा निरपेछे गरिब लछित ति बर्ग सम्म त्यो स्वर पुग्न सकेको देखिदैन।

सत्तामा गई, मै मत्ता भई भत्ता पचाउन जान्नेहरु विगतका सुकुम्बासी, आदिवासी देखि पुरा-पुरा त्रिपालवासीहरु संगको नाता तोडी उनिहरु संग गरेको बाचा भुल्न विवस जस्ता देखिदा पुर्वाधार निर्माण देखि सामाजिक विकास सम्मको कार्य झारा टारेझै देखिन्छ ।

जिवनसैली बिलासी भईदिनाले चुनावी खर्च व्यवस्थापन नै जनताको करको गतिलो सदुपयोग हुन्छ कि भन्ने आम मध्यम बर्गिय बुद्दिजिवीमा यतिखेर चिन्ताको विषय बनेर रहेको छ ।

योजना छनौट, निर्माण देखि समापन सम्ममा गतिलो जनसहभागिता बटुल्न स्थानिय सरकारलाई समेत सकस परेको देखिन्छ, यसो हुनुमा जनबोली र जनताको मागको कदर नहुनु र जनताको माग भन्दा पनी शासन गर्नेहरुको आफ्नै मनपरितन्त्र नै मुख्य जिम्मेबार रहेको देखिन्छ ।

खल्तीको हालखबर बुझ्न पटके कसुरदार जसरी लगाब राख्ने चम्चाहरुले व्यक्तिगत फाईदा बाहेक कुनै सिन्को सम्मको सामाजिक स्वार्थ हाँसिल गर्न सकेका छैन्न। जनताको साझा मान्छेहरुले मेरो र तेरो पाटीको भावना राख्नाले विपक्ष पार्टीको समर्थन बिचार राख्नेहरु यतिखेर विकास निर्माण देखि रोजगार सम्मको कार्यमा समर्थनमा आउँन सकेको कमै देखिन्छ ।

योजना छनौट प्रकृया कतै बालुवामा पानी त कतै विनाकामको लगानी भएको देखिन्छ । कतै चर्पी मर्मतको बजेट लाख/लाखमा देखिन्छ भने कतै चर्पी निर्माणको बजेट हजारमा विनियोजन भएको देख्न सकिन्छ ।

हिजो विदेसी शासक संग नझुकेका हामी स्वाभिमानी नेपाली जनता आज कतै आफ्नै शासक संग सिर निहुर्याउन बाध्य भयौ कि भन्ने कता कता महसुस भईरहेको छ । कर्मचारीतन्त्रमा हुने राजनिती चाकडीबादको प्रमुख पक्ष हो भने जनतामा हुने दोस्रो पक्ष हो । कर्मचारीहरु सबै जनताको साझा सेवा प्रदायक बन्न नसक्नुमा राजनितीक संरक्षण समेत प्रमुख देखिन्छ ।

जे होस, अनत्यमा चाकडीबादको अनत्य गरि समृद्द नेपाल निर्माण गर्न सबैलाई मेरो अनुरोध छ ।

१० आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको