प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्च ल्याउन आदेश


भदौ १०, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

उनका भाइ वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले उनलाई २४ घण्टाभित्र पेश गर्न आदेश दिएको हो ।

यसअघि भदौ ७ गते सर्वोच्चकै आदेशमा रिहा भएका प्रकाण्डलाई प्रहरीले नुवाकोटमा स्काभेटर जलाएको आरोपमा पुन पक्राउ परेका थिए । उनका भाइ वीरेन्द्रले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

चन्दा संकलनको आरोपमा गत साउन २३ गते पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले दुई पटकसम्म बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहाको आदेश दिइसकेको छ ।

१० भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको